ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा बैठक: विदेशी सहयोगबारे स्पष्ट पार्न सांसदहरुको माग


admin
३० जेष्ठ २०७५, बुधबार   १ : २८   बजे

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थासम्बन्धमा स्पष्ट पार्न सरकारको माग गरेका छन् ।

विशेष समयमा बोल्दै राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

लिङ्देनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिनुभयो ।

सांसद प्रभु साहले रौतहटको कटहरिया नगरपालिकामा १२ वर्षीय बालकको अपहरण गरी हत्या गरिएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारवाहीको माग गर्नुभयो ।

सांसद दुर्गा पौडेलले रोजगारीका सिलसिलामा विदेशिएका मजदूरका समस्याका बारेमा ध्यानाकर्षण गराउनुभयो ।सांसदद्वय एकलाल मियाँ र रुही नाजले मुसलानकोे प्रसिद्ध पर्व इदको दिन राष्ट्रिय रुपमा सार्वजनिक बिदा दिन माग गर्नुभयो ।

सांसद प्रेम सुवालले मोही किसानका समस्याबारे ध्यानाकर्षण गराउँदै समाधानका लागि माग गर्नुभयो ।

सांसद यशोदा गुरुङले मस्र्याङ्दी करिडोरमा निर्माणाधीन जलविद्युत् परियोजनाका लागि फरक फरक प्रसारण लाइन निर्माण गर्दा धेरै जमीन खेर जाने भएकाले एउटै प्रसारण लाइन हुनुपर्ने माग गर्नुभयो ।

सांसद गणेश पहाडीले सिन्धुलीका भूकम्पपीडित र मध्यपहाडी राजमार्ग विस्तारमा जग्गा परेका किसानका माग सम्बोधन गर्न आग्रह गर्दै बिपी राजमार्गमा सेल्फी र सुटिङस्थलका रुपमा होइन यातायात व्यवस्था सहज तुल्याउने तर्फ ध्यान जाओस् भन्नुभयो ।

सांसद लक्ष्मीकुमारी चौधरीले धनगढी–अत्तरिया निर्माणाधीन ६ लेनको सडक निर्माणको ढिलाइले वर्षायाममा जनतालाई हिँडडुल गर्न कठिनाई भएकाले समयमै बन्नुपर्ने बताउनुभयो । बैठकमा सांसद आशाकुमारी विक, घनश्याम खतिवडा, राजेन्द्रप्रसाद गौतम, तेजुलाल चौधरी, रेखाकुमारी झा, भूमिप्रसाद त्रिपाठी, नवराज रावत, लीलानाथ श्रेष्ठ र वीना बुढाथोकीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group