ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी


admin
१० कार्तिक २०७५, शनिबार   १० : ४९   बजे

पर्वत, १० कात्तिक ।  पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ ।

सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउनुभएको हो ।

महाशिला–४ साविक पाखापानी गाविस–४ चिहानडाँडास्ूिथत कित्ता नं १८७ को क्षेत्रफल एक रोपनी दुई आना एक पैसा दुई दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडपेर डोजर लगाएको आरोप पीडित खत्रीको छ । गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवाइमा आएको २०-३० जनाको समूहले आफूले एकलौटी हकभोग गरेको जग्गामा बिना अनुमति डोजर प्रयोग गरेको खत्रीले बताउनुभयो ।

आफूलाई हातपात गर्न आएको समूहलाई छुटाउन खोज्ने आफ्नी जेठी छोरी लक्ष्मी खत्रीलाई समेत हातपात गरी तीन तोलाको सिक्री, नगद रु ४ हजार, कोदालो र एक तोलाको औँठी लुटेर लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गर्नुका साथै हातपात गरी खरबारीमा समेत आगो लगाइदिएको खत्रीले दर्ता गराएको उजुरीमा उल्लेख छ । उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रशासनसँंग सुरक्षाको माग पनि गर्नुभएको छ ।

आफूमाथि उक्त घटनाको विषयलाई लिएर दैनिक धम्की आइरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथि कारवाहीको माग गर्नुभएको छ ।

वडाध्यक्ष मल्ल र स्थानीयवासी भण्डारीविरुद्ध खत्रीले बिहीबार जिल्ला प्रशासनमा उजुरी दर्ता गराउनुभएको छ । यता वडाध्यक्ष मल्लले रासससँग कुराकानी गर्दै आफूले त्यस्तो नगरेको बताउनुभयो । “त्यहाँ बाटो पहिल्यै थियो, अहिले चक्लाबन्दी गर्ने क्रममा विवाद भएपछि आफूले बाटो खन्न रोकिएको छ”, उहाँले भन्नुभयो, “मैले कसैलाई केही गरेको छैन, प्रमाण भए मलाई कारवाही गरे हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group