ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सेयर लगानीकर्ताहरुले मागे अर्थमन्त्री खतिवडाको राजीनामा


admin
२३ मंसिर २०७५, आइतबार   १ : ४६   बजे

काठमाडौं, २३ मङसिर । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन ।

राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आजबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन ।

तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिनुभयो ।

सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन ।

नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरु
समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई सचेत गराएका छन ।

यस अघि सेयर लगानीकर्ताहरुले अनलाईन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ ।

समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पु¥याउनुपर्ने लगायतका १० बँुदे माग राख्दै अनसन सुरु गरेको हो । समूहले सेयर बजारलाई सहज बनाउने अभियानमा साथ दिन देशभरका सेयर लगानीकर्ताहरुलाई सचेत रहन आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group