ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको गृह जिल्ला खुल्ला दिसामुक्त घोषणा


admin
१३ पुस २०७५, शुक्रबार   ५ : ३५   बजे

झापा,१३ पुस । ६२ औं जिल्लाको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा खुल्ला दिसामुक्त घोषणा भएको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापालाई प्रदेश समितिले स्वीकृतिपत्र प्रदान गरेपछि शुक्रवार एक भव्य समारोहका बिच झापालाई खुल्ला दिसामुक्त घोषण गरिएको हो ।

समारोहका प्रमुख अतिथि प्रतिनिधिसभाका उप–सभामुख शिवमाया तुम्बाहाम्फेले फुलको बिरुवामा पानी हाल्दै झापा खुल्ला दिसामुक्त भएको घोषणा गरेकी थिइन् ।

कार्यक्रममा उप–सभामुख तुम्बाहाम्फे र राष्ट्रिय खानेपानी तथा सरसफाई समन्वय समितिका अध्यक्ष मनोज घिमिरेले संयुक्त रुपमा झापा खुल्ला दिसामुक्त घोषणा भएको प्रमाणपत्र जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई हस्तान्तण गरेका थिए ।

सोही कार्यक्रममा छोटी समयमा सबै भन्दा धेरै चर्पी निर्माण गर्न सफल भएको भन्दै झापाका १५ वटा स्थानीय तहमध्ये कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेलाई खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अवार्ड प्रदान गरेका थिए ।

साथै जिल्लालाई खुल्ला दिसामुक्त बनाउन सहयोग पुर्याउने स्थानीय तह, कर्मचारी, विभिन्न संघसंस्था र सञ्चारकर्मी लगायतलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षता भएको कार्यक्रममा झापाको आधाररेखा सर्वेक्षणको क्रममा रहेका १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये सबै घरधुरीमा नै अहिले चर्पीको बनेको छ ।

सर्वेक्षणको क्रममा चर्पी बन्न बाँकी देखिएका ३९ हजार २ सय ८७ घरधुरीमा नै सुरक्षित चर्पीको पहुँच पुगेपछि जिल्लालाई खुल्ला दिसामुत्त घोषण गरिएको समितिले जनाएको छ ।

कार्यक्रममा ग्लोबल श्यानिडेसन फण्ड कार्यक्रमका व्यवस्थापक सुधा श्रेष्ठ, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेल, समन्वय समिति झापाका उपप्रमुख मीना पराजुली लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई भव्य बनाउन झापाका सबै स्थानीय तहबाट साँस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकार गायक टीका भण्डारीले संगित र हास्य कलाकार राजा राजेन्द्रले सन्देश मुलक हास्य व्यङग प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group