ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशरथ रङ्गशाला समयमै नबन्दा १३ औँ ‘साग’ प्रतियोगिता प्रभावित हुने


admin
१८ पुस २०७५, बुधबार   १ : ४३   बजे

काठमाडौं,१८ पुस । देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो ।

विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् ।

भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ ।

आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) सोही रङ्गशालामा उद्घाटन गर्ने तयारी भए पनि लक्ष्यअनुसार काम नभएपछि अहिले समस्या उत्पन्न भएको छ ।

रङ्गशालालगायत अन्य भौतिक पूर्वाधार नबन्दा गत मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पनि तेस्रो पटक सरिसकेको छ भने १३ औँ दक्षिण एशियाली खेलकूद पनि समयमा नहुने निश्चित भएको छ ।

सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण हालत सन्तोषजनक छैन । रङ्गशाला निर्माणको काम नसकिदा १३ औँ दक्षिण एशियाली खेलकूदसमेत अन्योलमा परेको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले तोकिएको समयमा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएपछि नेपालले आयोजना गर्ने १३ औँ दक्षिण एशियाली खेलकूद छ महिनाका लागि सार्ने प्रस्ताव गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “असार मसान्तसम्म पुनःनिर्माण सम्पन्न हुन्छ, रङ्गशालामा भव्य कार्यक्रम गरेर खेलकुदको स्वर्ण युग घोषणा गरेरमात्र म राखेपबाट बिदा हुन्छु ।”

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाकोे पुनःनिर्माणको काम नेपालको भौतिक पूर्वाधार तथा अन्य प्राविधिक पक्ष चीन सरकारको सहयोगमा निर्माण हुनेछ । नेपालले निर्माण गर्नुपर्ने काममध्ये ७० प्रतिशत काम पूरा भएको छ ।

त्यसपछि चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, ‘साउन्ड सिस्टम’, ‘फ्लड लाइट’ र ‘स्कोर बोर्ड’को काम शुरु हुनै बाँकी छ । यद्यपि चिनियाँ कम्पनीले स्कोर बोर्ड निर्माणको काम केही साताअघिदेखि शुरु गरेको छ ।

रङ्गशाला पुनःनिर्माणको मुख्य कामको स्वरूपमा रहेको ‘भिआइपी प्यारापिट’ (अति विशिष्ट व्यक्ति बस्ने स्थान) र साधारण प्यारापिट (दर्शक बस्ने स्थान) को तल्लो चार तहको काम पिएल प्रतिष्ठान किराँतेश्वर जेभीले गरिरहेको छ । २०७३ सालमा यो कम्पनीले ठेक्का पारेको थियो ।

राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इञ्जिनीयर अरुण उपाध्यायले भन्नुभयो, ‘अहिले पनि एक सयदेखि १५० मजदुरले दैनिक काम गरिरहेका छन् । सबै काम सम्पन्न हुन असार मसान्तसम्म त लाग्छ ।”

एक महिनाभित्र बाहिरी निर्माणको काम सम्पन्न हुने उल्लेख गर्दै उहाँले साधारण प्यारापिटको उत्तरतर्फ करिब ३० मिटर प्यारापिटको ढलान र भिआइपी प्यारापिटको ३३ पिलरमध्ये ११ पिलरको रेट्रोफिटको काम बाँकी नै छ । भिआइपी प्यारापिटको छानो हाल्ने र प्यारापिटका सबैतिर कुर्सी राख्न टेन्डर प्रक्रिया शुरु भएकै छैन ।

रङ्गशालाको अहिलेको स्वरूप भने २०५५ सालमा तयार भएको थियो । नेपालले आठौं साफ आयोजना गर्ने निर्णयलगत्तै चीनले आधुनिक रंगशाला निर्माण गर्न सहयोग गरेको थियो ।

रङ्गशालाको शुरुआती चरण 

पहिले खाली मैदान रहेको यो स्थानमा २०१३ सालमा रङ्गशाला बनाइएको हो । त्यतिबेला फुटबल खेल्ने उक्त सार्वजनिक मैदान सानो टुँडिखेलको नामले प्रसिद्ध थियो ।

तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर २०१३ सालमा फुटबल, टेबुलटेनिस, कुस्ती, एथलेटिक्स र ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने योजना राखियो । त्यसका लागि खेल मैदानको खाँचो महसुस गरी किरण शम्शेरलाई रङ्गशाला बनाउने कामको जिम्मा दिइएको थियो ।

त्यतिबेला रङ्गशालाको पूर्वपट्टि सेनाको ब्यारेक थियो । उत्तरतर्फ बाँसको झ्याङ थियो भने दक्षिणतर्फ खुला थियो । पश्चिमतर्फ राष्ट्रका केही विशिष्ट व्यक्ति आउँदा बसेर खेल हेर्ने घर बनाइयो ।

रङ्गशालाको पहिलो संरचना त्यहीबेला बनेको हो । राखेप सदस्यसचिवका रूपमा २०३४ सालमा शरदचन्द्र शाह नियुक्त भएपछि यसलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउने निर्णय भयो । २०३५ मा शुरु गरिएको निर्माण कार्य २०३७ मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group