ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको स्थानीय तहमा पनि पदाधिकारीको टुङ्गो


admin
१६ माघ २०७५, बुधबार   ४ : ५६   बजे

घोराही, १६ माघ ।  दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । 

प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लाग्न सकेको थिएन । आज बसेको प्रदेश कार्यालयको बैठकले तीन वटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टु्ङ्गो लगाएको हो । 

घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका वसन्तराज शर्मा सचिव बन्नुभएको छ । 
राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल सचिव बन्नुभएको छ । 

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का अध्यक्ष र पूर्वएमालेका शङ्कर चौधरी सचिव बन्नुभएको छ । 

बङ्गलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कुँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबई गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ । 

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ । 

बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने शहीद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो । बैठकले स्ववियु निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group