काठमाडौं १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परराष्ट्र नीति एउटै हुने बताउनु भएको छ ।
नेपालको पराराष्ट्र नीतिबारे शनिबार भएको राष्ट्रिय संवाद कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र नीतिको सम्बन्धमा सिंगो देश एक हुनुपर्नेमा विशेष आग्रह गर्नुभएको हो ।
ओलीले भन्नुभयो परराष्ट्र नीति दलअनुसार फरक हुन नहुनेमा सचेत रहनु पर्ने बताउनु भयो ।
ओलीले भन्नुभयो परराष्ट्र नीतिमा सिंगो देश एक हुनुपर्छ । एउटै भाषा बोल्नुपर्छ । यससस विषयमा सरकारले एकलौटी काम गर्दैन ।’
नेपाललाई अहिले विश्वले रुचिपूर्वक हेरिरहेकाले हामीले पनि हाम्रो राष्ट्रिय हैयित र स्तर कयम गर्न ससक्नु पर्नै उहांको आग्रह थियो ।
नेपालको अहिलेको आवश्यकता लगानी भित्राएर रोजगारी सिर्जना गर्ने हो त्यही दिशामा परराष्ट्र नीति केन्द्रित हुनु पर्दछ प्रधानमन्त्रीको भनाई थियो ।
पराराष्ट्र मन्त्रालयले पहिलो पटक आयोजना गरेको पराष्ट्र नीति सम्वन्धी सम्मेलनमा विभिन्न ६ वटा शत्रमा ३० जनाभन्दा बढी बक्ता र विज्ञले धारणा राख्ने छन् । समापनका अवसरमा नेकपा अध्यक्ष प्रचण्डले समेत बोल्ने कार्यअmम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्