ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपांगता भएका पचास प्रतिशतभन्दा बढी परिचयपत्र पाउनबाट वञ्चित


admin
१० कार्तिक २०७४, शुक्रबार   २ : ३४   बजे

नवलपरासी, १० कात्तिक ।  प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजन भएको नवलपरासीमा अपांगता भएका पचास प्रतिशतभन्दा बढी व्यक्ति अपांगता पाउनबाट वन्चित रहेका छन् ।

बर्दघाट सुस्ता पूर्व क्षेत्र र बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा विभाजन भएको जिल्लामा करिब १२ हजार अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । पाँच हजार ५०० जनाले मात्र अपांगता परिचयपत्र पाएका छन् ।

परिचयपत्र बनाउने कार्यालय टाढा हुनु, नागरिकता नहुनुलगायतका समस्याका कारण धेरै व्यक्ति अपांगता परिचयपत्र पाउनबाट वन्चित रहेका महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुर्इंटेलले जानकारी दिनुभयो ।

अपांगता भएका व्यक्तिले संविधानमा व्यवस्थाअनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै यसलाई पूर्णरुपले कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । अपांगता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा आरक्षित सिट उपलब्ध गराउनुपर्ने, भाडामा सहुलियत दिनुपर्ने, शिक्षक, कर्मचारी कोटामा समावेशितालगायतका माग गरेका छन् ।

“अपांगता भएका व्यक्तिलाई विभिन्न सेवा सुविधा दिन बेवास्ता गरिँदै आएको छ,” मधेशी अपांग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गर्नुभयो । अपांगता भएका व्यक्ति अधिकांश सेवा सुविधाबाट वञ्चित रहेको उहाँको भनाइ छ ।

अपांगता भएका व्यक्तिलाई परिचयपत्र, शिक्षा, रोजगारी, सिपमूलक तालीम र सबै क्षेत्रमा समावेशी गराउनुपर्ने पत्रकार महासंघका सदस्य रवीन्द्र यादव बताउनुहुन्छ । जिल्लाका अपांगता भएका व्यक्तिलाई क, ख, ग र घ वर्ग गरी परिचयपत्र वितरण गरिएको छ ।

कार्यालय प्रमुख लुर्इँटेलकाअनुसार अपांगता भएका विद्यार्थीलाई शिक्षा, खानबस्नको व्यवस्था समेत मिलाइँदै आइएको छ । उनीहरुलाई अपांग परिचयपत्र, ह्बीलचेयर, वैशाखी, अपांग भत्तालगायत सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group