ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वतन्त्र सभासद् झा पुनः स्वतन्त्रबाट उम्मेदवारी


admin
१६ कार्तिक २०७४, बिहिबार   ४ : ३९   बजे

गौशाला, १६ कात्तिक ।  दोस्रो संविधानसभाको निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ४ बाट स्वतन्त्रबाट सभासद् बन्नुभएका चन्देश्वर झाले आज पुनः आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरसमेत सम्मिलित क्षेत्र नं ३ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनेमा स्वतन्त्र उम्मेदवार झा पहिलो उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताउनुभयो ।

केही दिनअघि मात्रै सांसद विघटन हुनुभन्दा पहिले स्वतन्त्र सांसदबाट राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गर्नुभएका झालाई उक्त दलले प्रतिनिधिसभाका लागि टिकट नदिएपछि आज उहाँले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

राजपा नेपालले महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको टिकट दिने प्रलोभन दिँदै पार्टी प्रवेश गराएकामा त्यहाँबाट सोही दलका संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएकाले आफूसँग धोका भएको आरोप लगाउँदै सभासद् झाले बागी उम्मेदवारकारूपमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

उहाँले आफूलाई महोत्तरीको क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ टिकट दिने भनेर समानुपातिकतर्फको टिकटका लागि समेत सिफारिश नगरेकामा आफ्नो राजनीतिक चरित्रको हत्या गरेको आरोप लगाउँँदै आज पुनः आफू राजपा नेपाल परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group