ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ७ : ५१   बजे

काठमाडौं, ११ असार । भेनेजुएलाको राजधानी काराकास सहित देशका विभिन्न क्षेत्रमा हिजो बेलुकी केही समयको फरकमा दुईवटा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसलाई उद्धृत गर्दै बीबीसीका अनुसार पहिलो ७।२ म्याग्निच्युड र झण्डै ३९ सेकेन्डपछि ७।५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु क्यारिबियन तटीय सहर मोरोन नजिक रहेको र यो काराकासबाट झण्डै १६८ किलोमिटर पश्चिममा पर्छ । भूकम्पका कारण राजधानीका धेरै भवन, आवासीय संरचना र पर्खालहरू भत्किएका छन् भने सडकमा धूलो र भग्नावशेष फैलिएको खबरमा उल्लेख छ ।

भूकम्प स्थानीय समयअनुसार बेलुकी ६ बजेर ४ मिनेटमा गएको हो । राष्ट्रिय बिदा भएकाले धेरै नागरिक घरमै रहेका कारण ठूलो मानवीय क्षति भएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि हजारौं मानिस घर तथा कार्यालयबाट बाहिर निस्किएर सडक र खुला ठाउँमा रात बिताउन बाध्य भएका छन् । ग्यास चुहावट र थप संरचनागत क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै केही क्षेत्रमा ग्यास आपूर्ति समेत बन्द गरिएको छ ।

प्रारम्भिक अनुमानमा मानवीय र व्यापक भौतिक क्षतिको आशंका गरिएको छ । भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको छ । उद्धारकर्मी, सेना, प्रहरी तथा स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।

अस्पतालहरूमा घाइतेहरूको चाप बढ्दै गएको छ भने भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य चलिरहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu