ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलको सडकमा रक्षामन्त्री ईश्वर पोखरेलको दौड


sharan sharan
२६ पुस २०७६, शनिबार   २ : ०२   बजे

बुटवल, २६ पुस ।
राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर बुटवलले भिक्टोर म्याराथुल युनिटी रन को आयोजना गरेको छ ।
सेनाले आयोजना गरेको म्याराथुन प्रतियोगिता आज बिहान ८ बजे बुटवलको बुटवल बहुमुखी क्याम्पसबाट सुरु भई जितगढी किल्लामा पुगि समापन भएको थियो । म्याराथुन प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित सर्बसाधारण नागरिकहरुले समेत भाग लिएका थिए ।
राष्ट्रिय एकता दिवस नाम दिएर मनाउन थालिएको पुस २७ को पुर्व संध्यामा नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटरले आयोजना गरेको भिक्टर म्याराथुन युनिटी रनमा प्रदेश ५ सरकारका मुख्यमन्त्री, मन्त्रीहरु सहित संघिय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल बुटवलमा ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गरेका थिए । ५, १०, २१ र ४२ किलोमिटर म्याराथुन प्रतियोगितामा रक्षामन्त्री पोखरेल सहित मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलबहादुर केसी, पर्यटनमन्त्री लिला गिरिले ५ किलोमिटरको दुरी पैदल हिंडेर पार गर्दै जितगढी किल्ला पुगेका थिए ।
म्याराथुन प्रतियोगिताको बिजयी धावकहरुलाई पुरस्कार बितरण गर्न आयोजीत समारोहलाई सम्बोधन गर्दै संघिय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको सिमा रक्षाको सवालमा कहिं कसैसंग सम्झौता नगरिने दृढता ब्यक्त गर्नुभयो । उहांले राष्ट्रिय अखण्डता र सर्बभौमीकताको रक्षाको बिषयमा सरकार सधै संबेदनशिल रहेको बताउंदै ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा सिमाहरु रक्ष ागर्न नेपालीहरु एकजुट रहेको उदघोष गर्नुभयो ।
सेनाका अधिकारी र जवानसहितको टोलिसंग म्याराथुनमा दौडन सयांैको संख्यामा नागरिक सहित नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका जवानहरु शनिबार बिहानै बुटवलको सडकमा निस्केका थिए । बिश्व बिजेता अंग्रेजलाई पराष्ट गर्ने लडाईमा नेपाली सेनाको कमाण्ड गर्ने कर्णेल उजीर सिंहको सम्मान तथा सरकारको भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन नेपाली सेनाले म्याराथुनको कार्यक्रम राखेको मध्यपश्चिम पृतना हेड क्वाटरका पृतनापति सिताराम खड्काले बताउनुभयो ।
सेनाले आयोजना गरेको म्याराथुनमा ४२ किलोमिटर अन्तर्गत पुरुष तर्फ हरिकुमार रिमालले २ घण्टा ३१ मिनेटमा दुरी पार गरि प्रथम भएका थिए भने राजन रोकायाले २ घण्टा ३२ मिनेटमा पार गर्दै दोस्रो र कल्याण बानीयाले २ घण्टा ३५ मिनटमा दुरी पार गरि तेस्रो भएका थिए । त्यस्तै महिला तर्फ कान्छीमाया क्वजु २ घण्टा ५६ मिनेटमा पार गरि प्रथम रमिता बासी ३ घण्टा १२ मिनटमा पुरा गरि दोस्रो र कृष्णेश्वरी सिम्ता ३ घण्टा ३२ मनिटमा पार गरि तृतीय बनेकी थिईन् । २१ किलोमिटर दौडमा गजेन्द्र राई प्रथम, रामजी बस्नेत द्धितीय र मिलन कार्की तृतिय बनेका थिए भने महिला तर्फ बिश्वरुपा बुढा प्रथम, पुर्णलक्ष्मी न्यौपाने दोस्रो र रेखा बिष्ट तृतिय बनेकी थिईन् । १० किलोमिटर पुरुष तर्फ शिव रायमाझी प्रथम, बिकास राई द्धितीय र गणेश सिंह ठकुरी तेस्रो भएका थिए भने महिला तर्फ सानुमाया कार्की प्रथम, सिता श्रीस द्धितीय र सिता चौधरी तृतिय भएकि थिईन् ।
बिजयी धावकहरुलाई बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुबेदी, प्रदेश ५ सरकारका आन्तरिक मामीला तथा कानुन मन्त्री कुलबहादुर केसी तथा संघिय सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नगद, शिल्ड तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
कर्णेल उजीर सिंह किल्ला जितगढीमा आयोजना गरिएको समापन कार्यक्रममा युद्ध संगितमा आधारीत सरायानाच तथा बिजयी उत्सव नाच नेपाली सेनाले प्रदर्शन समेत गरेको थियो । स्थानीय बिद्यालयका बिद्यार्थीहरुको राष्ट्रिय भावनामा ओतप्रोत भएको नृत्यले सहभागिलाई मनोरन्जन प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group