ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको बारे मनमोहन अस्पताल के भन्छ ?


admin
२२ असार २०७४, बिहिबार   ७ : ४७   बजे

काठमाडौँ, २२ असार । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रस्तावितले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ ।

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित भएपछि अस्पतालले आज पत्रकार सम्मलेन गरेर पत्थरीको शल्यक्रिया गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको बिषय साँचो हो भन्दै पत्थरीको शल्यक्रियाको क्रममा मिर्गौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने जोखिम रहेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको स्पष्ट पारेको छ ।
बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकामध्ये देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिक रहेको देखिएको बताउँदै शल्यक्रियाका नेतृत्वकर्ता वरिष्ठ युरोलोजिष्ट प्राडा गुणकुमार श्रेष्ठले भन्नुभयो– शल्यक्रिया अघि नै बिरामी र बिरामीका आफन्तलाई शल्यक्रिया जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको, भवितव्यमा परी केहि भएमा दोष दिइने छौनौं भनी बिरामी र विरामीको आफन्तले सहि गरेपछि शल्यक्रिया गरेका थियौं ।

शल्यक्रिया गर्दा असामान्य अवस्थामा रहेका मिर्गौलाबाट अत्यधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भएपछि उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगतश्राव नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो, उहाँले भन्नुभयो ।
रिमालको पत्थरी झिक्ने क्रममा मिर्गौला झिकेपछि अस्पताल प्रशासनले बिरामीका आफन्तसँग छ बुँदे सम्झौता गरेको थियो । तर बिरामी र उनका आफन्तले मिर्गौला झिक्नुको कारणको माग गर्दै रु ५० लाख क्षतिपूर्ति माग गरेका छन् । आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप बिरामीले लगाउँदै आएका छन् ।

मिर्गौला झिक्नुको कारण आन्तरिक रक्तश्राव भनिएपनि अस्पताल र बिरामीका आफन्तबीच भएको छबुँदे सम्झौता पत्रमा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचारशुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने तथा बिरामीको जीवन बिमा गरिदिने उल्लेख छ ।

एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखको अत्याधिक दुखाईपछि गत जेठ २२ गते उपचारका लागि उक्त अस्पतालमा भर्ना भएका थिए । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

रिमालले शल्यक्रिया गर्नुपूर्व चिकित्सकले यस विषयमा आफूलाई कुनै जानकारी नदिई मिर्गौला झिकेर आफन्तसँग गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दर्ता गराएको छ ।

प्रहरी परिसरले आवश्यक कारबाही छिटै अगाडि बढाउने आश्वासन दिएको बिरामीकी बहिनी भगवती रिमालले बताउनुभयो । अस्पतालले मिलिसकेको कुरा सञ्चार माध्यममा आएको भन्दै बिरामीसँग गरिएको सम्झौता रद्द गर्ने चेतावनी पनि दिएको छ । ‘‘ उहाँहरू अदालतमै गएपनि केही हुँदैन, हार मात्र हुने हो’’ अस्पतालका निर्देशक डा धर्मराज सुवेदीले भन्नुभयो ।

परिवारको पूर्ण सहमतिमा मिर्गौला झिकिएको हो, उक्त मिर्गौला हामीसँग सुरक्षित छ, बिरामीलाई पूर्ण निको पारी पठाइएको थियो, निर्देशक डा सुवेदीले भन्नुभयो, ‘‘तीन हप्तापछि अनेक माग राख्दै बदनाम गराउने र भौतिक आक्रमणको धम्की बिरामी र उनका आफन्तले दिइरहेका छन् ।’’

अस्पतालले कुनै प्रकारका लापरवाही भएको छैन्, मिलिसकेको बिषयलाई अहिले आएर उठाइनुमा राजनीतिक विषय जोडिएको आरोप लगाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group