ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी-सडक विकासको नारा, नारा मै सिमित


admin
६ पुस २०७४, बिहिबार   १ : ५२   बजे
????????????????

बनेपा, ६ पुस । “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप  गर्नुपर्यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै छ, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्छ ।” 

जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्दा मतदाताले गरेका यी आग्रह हुन् ।

आफूले मतदातासँग गरेको वाचा पूरा गर्न र विकास, निर्माणका कामलाई प्रभावकारी बनाउन सांसदहरुलाई अनुरोध गर्दै अब पनि विकास, निर्माणका कामले प्राथमिकता नपाए जिल्लाका लागि दुर्भाग्य हुने मतदाताले सुझाए ।

धुलिखेल नगरपालिका–५ का दयाराम महतले पुरानो सिन्धुली जाने बाटो (आरटिओ) सडकलाई बिपी राजमार्गसँग जोडेर सञ्चालन गर्न आग्रह गरेको जानकारी दिँदै अब सांसदले गर्ने कामबारे मतदातालाई जानकारी दिनुपर्छ भन्नुभयो ।

उहाँले पुनःनिर्माणका सामग्री पहिलेभन्दा महँगो भएकाले भूकम्पपीडितका लागि आउने राहत रकम अहिलेको अवस्थामा कम हुने बताउनुभयो ।

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदिन आग्रह गरेको जानकारी दिँदै सडकको स्तरोन्नति, खानेपानीको अभाव र सिँचाइको व्यवस्थापन गरिदिन मतदाताले अनुरोध गरेको बताउनुभयो ।

एकसाता यतादेखि सो क्षेत्रअन्तर्गतको प्रदेशसभाका सांसद रत्न ढकाल, चन्द्र लामासहित संयुक्त वाम गठबन्धनको टोलीले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाका मतदातालाई धन्यवाद दिन पुगिसकेको र जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि र महाभारत शृङ्खलाको डाँडापारि क्षेत्रका मतदातासँग घेटघाट गर्न बाँकी रहेको जानकारी दियो ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित सांसद गोकुल बास्कोटासहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इं, लक्ष्मण लम्सालको टोली पनि नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग घेटघाटमा व्यस्त छ ।

प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इंले मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न आफूहरु तत्पर भएको उल्लेख गर्दै सडक, खानेपानी, शिक्षा र स्वाथ्यका विषयलाई मतदाताले प्राथमिकताका साथ उठाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मतदाताले प्रदेश राजधानी बनाउने विषयलाई पनि चासोका साथ हेरेका छन् ।”
दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचन भएको सोे जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका कूल दुई लाख ७२ हजार २९२ मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सबै नयाँ अनुहारका प्रतिनिधि निर्वाचित गराएका छन् ।

रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group