ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० प्रतिशत भूभागमा तालिबान सक्रिय


admin
१७ माघ २०७४, बुधबार   ६ : ३०   बजे

काठमाडौं, १७ माघ । अफगानिस्तानको करिब ७० प्रतिशत भू -भागमा तालिबानी सक्रिय रहेको बीबीसीबाट गरिएको एक अनुसन्धानले देखाएको छ । तालिवानहरु अफगानिस्तानको ७० प्रतिशत भूभागमा खुल्ला रूपमा सक्रिय रहेको बीबीसीको दावि छ।

महिनौँ लगाएर गरिएको अध्ययनले सन् २०१४ मा विदेशी फौजले अफगानिस्तान छाडेपछि तालिबान लडाकुको खतरा अथवा नियन्त्रणमा कसरी वृद्धि भएको छ भन्नेमा केन्द्रित छ।

अफगान सरकारले प्रतिवेदनको खण्डन गर्दै अधिकांश क्षेत्रमाथि आफ्नो नियन्त्रण रहेको जनाएको छ। तर तालिबान र इस्लामिक स्टेट समूहले जिम्मेवारी दावी गरेका काबुल र अन्यत्र गरिएका हालैका आक्रमणमा कैयौँ मानिसले ज्यान गुमाएका छन्।

अफगान अधिकारी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग वार्ताको कुनै सम्भावना नरहेको प्रतिक्रिया जनाए।

गत वर्ष ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना अनिश्चितकालका लागि रहने घोषणा गरेका थिए।

गत अगष्ट २३ देखि नोभेम्बर २१ को बीचमा अफगानिस्तानका सबै जिल्लामा गरेको अनुसन्धानले त्यहाँको सुरक्षा अवस्थाको दुर्लभ तस्वीर, साथै करिब डेढ करोड अफगान नागरिक तालिबान नियन्त्रित क्षेत्रमा या उनीहरूको खुल्ला उपस्थिति रहेको र नियमितजसो आक्रमण गर्ने क्षेत्रमा बस्ने गरेको अनुसन्धानले देखाएको छ।

परम्परागत रूपमा दक्षिणी क्षेत्रमा पकड रहेको तालिबानले देशका पूर्वी, पश्चिमी र उत्तरी क्षेत्रमा नियन्त्रण विस्तार गरेको प्रष्ट देखिन्छ।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group