ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्किङस्थलको अभावमा आकाशमा ‘होल्ड’ हुन्छन् जहाज


admin
२८ माघ २०७४, आइतबार   ५ : २९   बजे

काठमाडौँ, २८ माघ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको पार्किङको समस्याका कारण दैनिकजसो अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा रहेका जहाज आकाशमै ‘होल्ड’ हुने गरेका छन् ।

पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्यामा समेत वृद्धि भएपछि विमानस्थलमा चाप परेका कारण न्यूनतम आधा घण्टादेखि अधिकतम डेढ घण्टासम्म जहाज आकाशमा नै होल्ड गर्नुपर्ने स्थिति आएको हो ।

ट्राफिक चाप बढेका कारण हेटौँडा, नौबिसे, नगरकोट, बनेपामाथिको आकाशमा जहाज होल्ड गर्नुपरेको विमान कम्पनीले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले पार्किङ र जहाजको चापका कारण लामो समयसम्म जहाज आकाश नै उडाइराख्नुपर्ने समस्या देखिएको बताउनुभयो ।

फागुन मसान्तसम्म विमानस्थलमाथि बाक्लो हुस्सु लाग्ने गरेका कारण बिहानको समयमा समेत जहाज अवतरण गर्न समस्या पर्ने गरेको छ ।

विमानस्थलको पार्किङस्थलमा नौ वटा जहाज बिसाउन सकिन्छ भने आन्तरिकतर्फ मिलाएर राख्दा बढीमा ३५ जहाज पार्किङ गर्न सकिन्छ । स्थान अभावका कारण लामो समयसम्म जहाज आकाशमै उडाइराख्दा यात्रुमा मानसिक समस्या देखिने खरता रहेको भए पनि पूर्वाधारको अभावमा समस्या समाधान गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।

ट्राफिक समस्या धेरै देखिने भएका कारण विमानस्थलले एकै समयमा जहाज उडान तथा अवतरण नगर्न विमान कम्पनीलाई आग्रह गरेको छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाज लामो समय आकाशमै उडाइराख्दा त्यसबाट नकारात्मक असर पर्ने भएकाले अवतरण व्यवस्थापनको लागि हदैसम्मको प्रयास गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो पटक दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि जहाज व्यवस्थापनमा केही सहजता आएको बताइन्छ । पछिल्ला दिनमा कतार एयरलाइन्स सबैभन्दा बढी होल्डमा पर्ने गरेको बुझिएको छ ।

अत्यधिक ट्राफिक जाम हुँदा अन्तर्राष्ट्रिय उडानमा रहेका जहाजलाई धार्के, बनेपा, मकवानपुरको आकाशमा होल्ड गर्नुपरेको छ । अत्यधिक मात्रामा स्वदेशी तथा विदेशी विमान कम्पनीले नियमितरुपमा उडान थप्दै गए पनि विमानस्थल विस्तार गर्नेतर्फ हालसम्म कुनै प्रक्रिया अगाडि बढाइएको छैन ।

‘एयर ट्राफिक’ जाम कम गराउन विमानस्थलको दक्षिणतर्फ दुई र पूर्वतर्फ समेत ‘पार्किङ वे’ थप गर्न लागिएको पनि लामै समय भइसक्यो ।

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष पवित्रकुमार कार्कीले विमानस्थलको क्षमता नबढेका कारण निजी क्षेत्रलाई व्यापार प्रवद्र्धन गर्दै नागरिक उड्डयन सेवा सहज रुपमा प्रदान गर्न पनि कठिनाइ भएको बताउनुभयो । यो समस्या समाधानका लागि वैकल्पिक उपाय खोजिनुपर्ने उहाँको सुझाव छ ।

हाल विभिन्न ३० विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । यस्तै आन्तरिकतर्फ १८ कम्पनीले उडान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group