ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गिरीबन्धुमा प्रश्न त उठ्यो, प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुहुन्छ ? : माओवदी


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   ४ : १२   बजे

 

 

काठमाडौं २५ भदौ। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रश्न उठ्नसाथ राजीनामा दिने हो भने अहिले क्याबिनेटमा रहेका १० औं मन्त्री रहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताए ।

 

उनले भने, ‘एक जना महिला, जनजाति, सहमतिको आधारमा आउनुभएको, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो बनेको दुई तिहाइ सरकारले हटाउने कुराको यो सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ। यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन ।’

उनले लाउडा, वाइटबडी, भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरणदेखि गिरीबन्धुमा पनि प्रश्न उठेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन तयार हुनुहुन्छरु भन्दै प्रश्न गरे ।

यबैवीच माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए।

उनले भने, ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्छ। विरोध गर्छ, यस विषयमा स्पष्ट पार्न सभामुखमार्फत् अनुरोध गर्दछु।

माओवादीका सांसद हितबहादुर तामाङले उपसभामुखलाई हटाउने कुरा स्वीकार्य नहुने बताए।

उनले भने, उहाँलाई महाअभियोग लगाउने कुरा चर्चामा आएको छ। यो हामीलाई स्वीकार्य छैन। यो गलत कमद नचाल्न सरकारलाई आग्रह गर्छु।

यस्तै, माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu