ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शानिबार बर्षाका कारण २ सय ३८ आन्तरिक उडान रद्द


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ११ : ४३   बजे

 

काठमाडौं ११ असोज । शुक्रबार बिहानैदेखि सुरु भएको भारी वर्षाका कारण आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा शनिबार बिहानसम्मका सबै आन्तरिक उडानमा रोक

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । ‘७ वटा आन्तरिक वायुसेवाले शुक्रबार दुईतर्फी गरेर ३ सय १६ वटा उडान गर्ने तालिका थियो । तर ७८ वटा मात्रै उडान भए । २ सय ३८ वटा उडान खराब मौसमले हुन सकेनन्,’ महाप्रबन्धक निरौलाले भने, ‘यो झन्डै ७५ प्रतिशत उडान रद्द हो । यसअघि शीतलहर र मनसुनमा पनि मौसमकै कारण यत्रो धेरै संख्यामा आन्तरिक उडान रद्द भएका थिएनन् ।’

तुम्लिङटार, भरतपुर, पोखरा र सुर्खेत विमानस्थल शुक्रबार खराब मौसमका कारण दिनभर बन्द भए । अरू विमानस्थलमा भने छिटपुट उडान भएको निरौलाको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसमका कारण शुक्रबार साँझ ७ देखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ ।

देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले शनिबार बिहान मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जनाए । ‘शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहानसम्मलाई आन्तरिक उडान नगर्ने निर्णय भएको छ,’ सहप्रवक्ता भुलले भने, ‘शनिबार पनि मौसममा सुधार आए मात्रै उडान हुनेछन् ।’

शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भए । काठमाडौंसहित देशभरका आन्तरिक विमानस्थलमा दैनिक ३ सय हाराहारी दुईतर्फी उडान हुनेमा शुक्रबार कम्तीमा ७५ प्रतिशत उडान रद्द भए । खराब मौसमका कारण बुद्ध एयरका १ सय १४, यतीका ६०, श्रीका ३२, सीताका १४, समिटका ६, ताराका ६ र नेपाल वायुसेवा निगमका ६ गरी २ सय ३८ वटा उडान रद्द भएका हुन् ।

सबैभन्दा धेरै आन्तरिक उडान गर्ने बुद्ध एयरका ८ वटा विमान खराब मौसमका कारण काठमाडौं फर्किन सकेनन् । बुद्धका अनुसार धनगढी, नेपालगन्ज, भरतपुर, सिमरा, जनकपुर, भद्रपुर र विराटनगर गएका बुद्धका जहाज खराब मौसमका कारण काठमाडौं फर्किन पाएनन् ।

 

काठमाडौं विमानस्थलको भिजिबिलिटी (दृश्यता) शुक्रबार ३ किलोमिटर हाराहारीमा झरेको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जनाए । हेरेर हुने उडान ९भीएफआर० का लागि ५ किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ । भारी वर्षाले अन्तर्राष्ट्रिय उडानलाई भने धेरै असर नपरेको प्रवक्ता शेर्पाको भनाइ छ । शुक्रबार मध्यरातसम्मका लागि ५६ वटा अन्तर्राष्ट्रिय उडानको तालिका थियो । खराब मौसमका कारण थाई एयरको विमान त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेर सिमरामाथिको आकाशमा करिब दुई घण्टा होल्डमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu