ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षकको माग सम्बोधन गर्न कांग्रेस लागिपर्ने, गगन थापालगायतलाई जिम्मेवारी


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   १ : ४९   बजे

काठमाडौं ४ बैशाख । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न गम्भीर रुपमा लागिपर्ने निर्णय गरेको छ।
बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुसहितको बैठकले त्यसका लागि नेताहरुलाई जिम्मेवारी दिने निर्णय समेत भएको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्ष ‘डिना’ले जानकारी दिइन्।

‘शिक्षक आन्दोलनलाई हामीले जसरी पनि सहयोग गर्नुपर्छ, आन्दोलनलाई सम्बोन गर्न कांग्रेस बढी लाग्नुपर्छ,’ बैठकको निर्णय सुनाउँदै उनले भनिन्, ‘कतिपय संवैधानिक कुरा छन्, त्यसमा संविधान संशोधन नगरी नुहने कुरा पनि छन्। त्यसलाई ऐनबाट गर्ने कि कसरी गर्नेरु तुरुन्तै बसेर यसलाई टुंग्याउने। कांग्रेसले यसलाई सकरात्मकरुपमा लिने भन्ने कुरा भयो।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरु २ हप्तादेखि काठमाडौँकेन्द्रित आन्दोनलमा छन्। लामो समयसम्म पनि सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न पहल नगरेको भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आवाज उठाउँदै आएका थिए। त्यसमा उपसभापति पूर्णबहादुर खड्काले पनि साथ दिएका छन्।

बैठकले शिक्षकहरुसँग छलफल गरेर विषय टुंग्याउनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको पनि उपाध्यायले जानकारी दिइन्। ‘गगन थापा, शिक्षा विभाग प्रमुख नैनसिंह महर, जीवन परियार, गृहमन्त्री बसेर काम पनि गरिराख्नु भएको छ,’ उनले भनिन्, ‘त्यसलाई मुर्तरुप दिन आज र भोलि नै शिक्षकहरुसँग बस्ने भन्ने कुरा भयो।’
सोमबार कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पार्टी कार्यालय सानेपामा शिक्षक अगुवासँग छलफल गरेका थिए। उक्त छलफलपछि सोमबार बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group