ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वकालका जघन्य अपराध माफ गर्न सकिँदैन – प्रधानमन्त्री


एबीसी न्यूज
४ बैशाख २०८२, बिहिबार   ८ : ५९   बजे

काठमाडौं ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधहरू माफ गर्न नसकिने स्पष्ट पारेका छन् ।

नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए।

उनले ती आयोगहरूको गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक प्रवेश गरिसकेकोले अब कुनै बहकावमा लागेर हत्या, हिंसा, धार्मिक सद्भाव खल्बल्याउने गतिविधि वा अराजकता जस्ता कुनै पनि कार्य स्वीकार्य नहुने स्पष्ट गरे।

ुअहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ। यहाँ जनताबीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ। निर्वाचन जितेर एमालेले एकल सरकार बनाइ विकास र समृद्धिका लागि अभूतपूर्व कार्य आरम्भ गरेका बेला त्यसबाट त्रसित भई प्रतिक्रियावादी उक्साहटमा हामीलाई विस्थापित गरियो। अहिले हामी संयुक्त सरकारको रूपमा काम गरिरहेका छौँ, प्रधानमन्त्री ओलीले भने, हामीसँग राष्ट्र निर्माण र एकताको गौरवपूर्ण इतिहास छ। हामी समृद्ध र अखण्ड नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्नेछौँ। हामी सिमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिने छैनौँ। सभ्य र सुसंस्कृत समाजलाई कायम राख्दै अघि बढ्नेछौँ।

प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भावसहितको राष्ट्रिय एकता आवश्यक भएको उल्लेख गर्दै एमाले त्यसको नेतृत्व गरिरहेको र भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले देश तथा पार्टीप्रति व्यक्त गरेको विश्वासलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले यही वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा एमालेले युवाहरूको सम्मेलन आयोजना गरी जनताको अधिकार र विकासका पक्षमा उत्सव मनाउन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group