ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले शिक्षकलाई फेरि वार्तामा बाेलायाे


एबीसी न्यूज
१२ बैशाख २०८२, शुक्रबार   ३ : ०१   बजे

काठमाडौं १२ बैशाख । सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो ।

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाउनुभएको हो । त्यस्तै शिक्षा सचिव दीपक काफ्लेले आज निकालेको विज्ञप्तिमा शिक्षकहरूलाई वार्तामा आउन अपिल गरिएको छ । शिक्षक तथा कर्मचारीहरूले विभिन्न माग राखेर काठमाण्डौमा गर्दै आएको निरन्तरको आन्दोलनप्रति मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकहरूले गएको चैत २० गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । विद्यालय शिक्षा विधेयकलाई निर्दिष्ट समयमा पारित गर्ने वातावरण बनाउन र शिक्षकहरूको हकहित प्रवर्द्धन गरी उपयुक्त निकास निकाल्न प्रयत्नशील रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

विधेयक संसदमा पेस हुने, छलफल हुने र स्वीकृत हुने निश्चित प्रक्रिया र कानूनी व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ । संवाद तथा छलफलबाट समस्या समाधानका उपाय खोज्न मन्त्रालयले वार्ताका लागि नेपाल शिक्षक महासङ्घलाई अनुरोध गरेको हो ।

शिक्षकहरूको आन्दोलन चलिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको थियो । लगत्तै रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group