ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएका संस्थापक अध्यक्ष महतोको वक्तव्य: मेमा हुने महाधिवेशनमा सहभागी हुन्नँ


एबीसी न्यूज
१६ बैशाख २०८२, मंगलबार   १० : ४५   बजे

काठमाडौं १६ बैशाख । गैरआवासीय नेपाली संघ एनआरएनए का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मे महिनामा हुने भनिएको एकताको महाधिवेशन हुन नसक्ने ठहर गर्दै त्यसमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहने बताएका छन्।

यसअघि संस्थाको विधानअनुसार अगस्ट पहिलो हप्ता एकताको महाधिवेशन गर्ने तय भएकामा केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन नसकेको गुनासो उनले गरेका छन्।

‘संस्थाको विधानअनुसार आगामी जुलाईमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्वारा सन् २०२५ को अगस्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौँ। वैधानिक र कानुनी हिसाबले त्यो सम्भव थियो। र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरुरी थियो। यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरूप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन सकेन’, संस्थापक अध्यक्ष महतोले विज्ञप्तिमार्फत भनेका छन्, गैरआवासीय नेपाली संघ संस्था मात्र होइन, अभियान पनि हो। यसर्थ यस अभियानलाई विचलित पार्ने गरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु।’

साथै उनले गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेका छन्।

यस क्रममा महतोले ुव्यक्तिगत सफलताको जतिसुकै उचाइँमा पुगे पनि यदि देश सम्पन्न छैन भने व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैनु भन्ने उद्देश्यले विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले गैरआवासीय नेपाली अभियान सुरु गरिएको स्मरण गर्दै ुनेपालीका लागि नेपालीु भन्ने मर्मका साथ हजारौँ साथीको मेहनत र पसिनाले उक्त संस्था छोटो समयमै संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई एकबद्ध गर्दै मातृभूमि नेपालप्रति केही गर्नुपर्छ भन्ने जागरण फैलाउन सफल भएको तर पछिल्लो समय यसको मूल मर्ममै प्रहार भइरहेको महसुस भएको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group