ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो


एबीसी न्यूज
३२ असार २०८३, बिहिबार   ८ : २९   बजे

काठमाडौं, ३२ साउन ।चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतङ्क सिर्जना गरिरहेको जङ्गली हात्ती ‘ध्रुवे’ लाई डार्ट गरी दाह्रा काटेर स्याटालाईट जडान गरिएको छ ।

निकुञ्ज प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले गएराति ध्रुबेलाई नियन्त्रणमा लिएर स्याटेलाइट कलर जडान गरिएको हो ।

​असार २० गते राति चितवन भरतपुर-२३, बेलहट्टा निवासी पूर्ण बोटेकी २५ वर्षीया श्रीमती आशिका बोटे र ४ वर्षीय छोरा भरत बोटेको धुर्बे हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। यो घटनासहित ध्रुवे हात्तीले अहिलेसम्म २५ जनाको ज्यान लिइसकेको छ ।

घटनापश्चात् थप जनधनको क्षति हुन नदिन निकुञ्ज कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नयाँ गोरख गणका नेपाली सेना, मध्यवर्ती उपभोक्ता समिति तथा स्थानीय सरोकारवालाहरूको समन्वयमा हात्तीको निरन्तर खोजी र निगरानी भइरहेको जनाएको थियो।

सोही क्रममा बुधबार बेलुका १०ः३० बजेको समयमा निकुञ्जभित्रको सुखिभार पोस्ट नजिकैको क्षेत्रमा हात्ती फेला परेको हो।

​फेला पारिएको हात्तीलाई प्राविधिक टोलीले डार्ट गरि बेहोस बनाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि हात्तीको घाँटीमा स्याटेलाइट प्रविधिमा आधारित कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उसको दाह्रा समेत काटिएको हो । दाह्रा काटिएपछि हात्तीलाई पुनः प्राकृतिक बासस्थान निकुञ्ज जङ्गलमै छाडिएको छ।

​निकुञ्जका सूचना अधिकारी थापा मगरका अनुसार, हात्तीको घाँटीमा जडान गरिएको स्याटेलाइट कलर प्रविधिका कारण अब हात्ती कहाँ छ सूचना तत्कालै प्राप्त हुनेछ। यसले हात्तीको नियमित अनुगमन गर्न सहज हुनुका साथै मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

सम्बन्धित

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

उच्च अदालत जनकपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट, पुराना मुद्दाको संख्या शुन्यमा

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu