काठमाडौ, साउन १ गते । नेकपा एमालेका सांसद गुरु बरालले प्रदेशमा कांग्रेसले एमालेसंगको सहमति तोडनु उसको स्वतन्त्रता भएको बताएका छन । एबीसी टेलिभिजनको कार्यक्रम एबीसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने प्रदेशमा कांग्रेसले एमालेसंगको गठबन्धन तोडनु उचित समय नभएको उनको तर्क छ । प्रदेशमा आएको राजनीतिक तरंगमा एमाले नडराउने उनले बताएका छन । नेकपा एमालेले प्रदेशको राजनीतिक संकटलाई व्यवस्थापन गर्दे लोकतन्त्रको रषा गर्न सबै विपक्षीदलहरु एकजुट हुनुपर्नेमा जोड दिएको उनको भनाई छ ।







प्रतिक्रिया दिनुहोस्