ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग


एबीसी न्यूज
७ श्रावण २०८३, बिहिबार   ७ : ३६   बजे

काठमाडौं, ७ साउन । पछिल्लो केही दिनदेखि जारी वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरी र सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार, पाँचवटा प्रदेशका दर्जनौँ सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुरस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ हाल एकतर्फी मात्र यातायात सञ्चालनमा छ। यस्तै, इलामको मेची राजमार्ग र खोटाङको मध्य पहाडी लोकमार्ग (दिक्तेल रुपाकोट खण्ड) पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। इलाममा भने वैकल्पिक बाटोको व्यवस्था गरिएको छ।

बागमती प्रदेशका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको जोखिम बढेको छ। विपद व्यवस्थापनका लागि बिपी राजमार्ग ९काभ्रे खण्ड० मा साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी साधन चल्न निषेध गरिएको छ। सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थान (जिरोकिलो र कोदारी) मा पहिरो खसेका कारण सडक पूर्ण रूपमा बन्द छ। दोलखाको लामासाँघु–रामेछाप राजमार्ग पनि बाढीका कारण ठप्प छ।

गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले ठूलो क्षति पु¥याएको छ। बागलुङको कालीगण्डकी करिडोर, लमजुङको बेंसीसहर–मनाङ सडक खण्ड र म्याग्दीको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। यी क्षेत्रमा यातायात पूर्ण रूपमा ठप्प हुँदा यात्रुहरू मर्कामा परेका छन्।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर (जाजरकोट–डोल्पा खण्ड) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। उता सुदूरपश्चिम प्रदेशको डडेलधुरास्थित के।आई। सिंह राजमार्गमा पहिरो खसे पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

वर्षा जारी रहेकाले थप पहिरो जानसक्ने जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि नजिकैको प्रहरी चौकी वा सडक विभागमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिनपनि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu