ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार


एबीसी न्यूज
१० श्रावण २०८३, आइतबार   ३ : ४०   बजे

काठमाडौं, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् ।

प्रारम्भिक जानकारीअनुसार मृतक मकवानपुरको थाहा नगरपालिका–३ चित्लाङ निवासी आसमान गोपाली रहेको खुलेको छ ।

घटनास्थलमा ठूलो मात्रामा रगत देखिएको छ भने घटनापछि मृतकसँगै रहेकी एक महिला फरार रहेको र उनको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्री स्वयं घटनास्थलमा पुगेर अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

घटनास्थललाई सुरक्षा घेराभित्र राखी प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीसँग सोधपुछ तथा अन्य अनुसन्धान कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका इन्स्पेक्टर रमेश विष्ट पनि घटनास्थलमा परिचालित छन् ।

हेटौँडा उपमहानगरपालिका–११ की वडा अध्यक्ष समेत घटनास्थलमा पुगेर मृतकका आफन्तसँग समन्वय र आवश्यक सहयोगमा जुटेकी छन् ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको वास्तविक कारण, फरार महिलाको संलग्नता तथा मृत्युको प्रकृतिबारे आधिकारिक निष्कर्ष आउन बाँकी छ ।

घटनाबारे थप विवरण प्रहरीले सार्वजनिक गर्नेक्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu