ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग बङ्गलादेशको औपचारिक आग्रह


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ४ : ४५   बजे

ढाका । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतसँग औपचारिक आग्रह गरेको छ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पणसहित दुई देशबीचका महत्वपूर्ण विषयमा छलफल भएको हो।

बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको भेटमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया शीघ्र अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताबाट हटेकी हसिना त्यसयता भारतमा रहँदै आएकी छन्। बङ्गलादेशले पछिल्लो समय उनलाई स्वदेश फिर्ता गराउन भारतसमक्ष निरन्तर आग्रह गर्दै आएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार ढाकाले सन् २०२५ डिसेम्बर १२ मा गोली हानी हत्या गरिएका जुलाई आन्दोलनका प्रमुख व्यक्तिमध्ये एक शाहिद उस्मान हादीको हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई पनि भारतबाट फिर्ता गर्न नयाँदिल्लीसँग आग्रह दोहोर्याएको छ।

द्विपक्षीय सम्बन्ध सुधारमा जोड

ढाका सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा प्रधानमन्त्री रहमानले भारतीय उच्चायुक्त त्रिवेदीलाई स्वागत गरेका थिए। जवाफमा उच्चायुक्त त्रिवेदीले बङ्गलादेशमा आफ्नो पछिल्लो दुई महिनाको कार्यअनुभवबारे जानकारी गराएका थिए।

भेटका क्रममा दुई देशबीचका प्रमुख द्विपक्षीय विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री रहमानले बङ्गलादेश–भारत सम्बन्धलाई थप अघि बढाउन अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

भेटमा बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत उच्च अधिकारी सहभागी थिए। उच्चायुक्त त्रिवेदी र प्रधानमन्त्री रहमानबीचको भेट भारतीय उच्चायुक्तले बङ्गलादेशका विदेशमन्त्रीसँग छुट्टै भेट गरेको एक दिनपछि भएको हो।

हसिनाको अभिव्यक्तिले बढाएको कूटनीतिक तनाव

पछिल्लो समय शेख हसिनाले भारतबाट सार्वजनिक रूपमा दिएको अभिव्यक्तिलाई लिएर ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव देखिएको छ।

गत अगस्ट ५ मा नयाँदिल्लीबाट हसिनाले दक्षिण एसियाली विदेशी सञ्चारकर्मीहरूको क्लबले आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गरेकी थिइन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि आफू देशबाट बाहिरिनुपरेको घटनाको दोस्रो वार्षिकोत्सवका अवसरमा गरिएको सम्बोधनमा उनले लोकतन्त्र पुनःस्थापना गर्दै बङ्गलादेशलाई ‘सही मार्ग’ मा फर्काउन आगामी डिसेम्बरमा स्वदेश फर्किने दृढता व्यक्त गरेकी थिइन्।

उनले स्वदेश फर्किए जेल वा मृत्युदण्डको जोखिम भए पनि बङ्गलादेश फर्किने बताएकी थिइन्।

हसिनाको उक्त अभिव्यक्तिप्रति बङ्गलादेशको विदेश मन्त्रालयले तत्काल आपत्ति जनाएको थियो। ढाकाले उनको सार्वजनिक अभिव्यक्तिले जनभावनामा असर पार्नुका साथै दुई देशबीचको सम्बन्ध सुधारका प्रयासलाई थप जटिल बनाएको जनाएको थियो।

भारत : हसिनाको कार्यक्रममा सरकारको संलग्नता छैन

भारतले भने हसिनाले सम्बोधन गरेको कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त विचारसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको बताएका थिए।

हसिनाको प्रत्यर्पण, हत्या आरोप लागेका व्यक्तिको फिर्ती तथा दुई देशबीचको सम्बन्ध सुधार अहिले बङ्गलादेश–भारत सम्बन्धका प्रमुख विषय बनेका छन्। सोमबार भएको उच्चस्तरीय भेटवार्ताले यी संवेदनशील विषयमा दुवै देशबीच संवादलाई निरन्तरता दिने प्रयास भइरहेको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

कांग्रेसले सुरु गर्‍यो १५औँ महाधिवेशनको तयारी, ग्यास र मल अभावप्रति चिन्ता

सम्बन्धित

हङकङमा उबरको ‘उबर एलिट’ सेवा सुरु, विलासी सवारी र विशेष चालकको सुविधा

युक्रेनी ड्रोन आक्रमणमा रुसको ततारस्तानमा १३ जनाको मृत्यु, ३९ घाइते

‘कालो चस्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ : कांग्रेस सांसद काउचा

सिट बेल्ट बाँध्न नमानेपछि बच्चाका कारण विमान उडान रद्द

साउदी–पाकिस्तान–टर्की सुरक्षा सम्झौता : इरानका लागि दीर्घकालीन सुरक्षा चिन्ता बढ्न सक्ने

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu