ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : २५   बजे

धनगढी । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी परेपछि भ्रमण छोट्याएर काठमाडौं फर्किएका छन् ।

मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको बताइएको छ । शनिबार साँझ आफैँ गाडी चलाएर दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका लम्सालको स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर मन्त्री लम्साललाई धनगढी ल्याइएको हो । धनगढीबाट उनी हवाईजहाजमार्फत काठमाडौं फर्किने छन् ।

मन्त्री लम्सालको बैतडी र बझाङका विभिन्न स्थानमा राजमार्ग तथा पूर्वाधारको अवस्थाबारे निरीक्षण गर्ने कार्यक्रम थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि हिँडडुल गर्नसमेत कठिन भएकाले निर्धारित कार्यक्रम प्रभावित भएका छन् ।

मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि भ्रमण छोट्याएर टोली काठमाडौं फर्किएको हो ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

भौतिकमन्त्री लम्सालको स्वास्थ्यमा समस्या, बैतडीबाट हेलिकोप्टरमार्फत् सुर्खेत ल्याइँदै

खगराज भट्ट बने सुदूरपश्चिमका मुख्यमन्त्री, बजेट शून्यता अन्त्य गर्ने चुनौती

खगराज भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

खगराज भट्ट बने सुदूरपश्चिमका नयाँ मुख्यमन्त्री, एमालेका चार मन्त्रीले लिए शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu