ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपमा सहभागी सर्वाधिक पाँच धनी खेलाडी, मेसी सबैभन्दा धनी


एबीसी न्यूज
१ असार २०७५, शुक्रबार   ९ : ४३   बजे

काठमाडौं, १ असार । फुटबलकै महाकुम्भ हिजो मात्रै रसियामा सुरु भएको छ । अहिले सबै फुटबलप्रेमीको ध्यान रसियामा छ । हरेक खेलको नायँ जानकारी लिन पाठक निकै उत्सुक छन् । खेलाडीको पृष्ठभूमि, सम्पत्ति, योगदान तथा वर्तमान अवस्था इत्यादि विषयमा जान्ने रुचि खेलप्रेमीलाई हुन्छ ।

बिहिबारदेखि सुरु भएको विश्वकमा फुटबलका स्टारदेखि नयाँ खेलाडी छन् ।

यो पटकको विश्वकमा ३२ राष्ट्र सहभागि छन् । ती राष्ट्रबाट विश्वकपमा ७ सय ३६ खेलाडी सहभागी छन् । यी सयौं खेलाडीमध्ये यो पटकको विश्वकपमा केही यस्ता छन्, जो विश्वचर्चित मात्र नभएर त्यत्तिकै धनी पनि छन् ।

यसैविच अमेरिकन चर्चित पत्रिका फोर्ब्सले विश्वकपमा सहभागीमध्ये धनी खेलाडीको नाम सार्वजनिक गरेको छ ।

फोर्ब्सले सर्वाजनिक गरेको सूचिमा अर्जेन्टिनाका लियोनल मेसी सबैभन्दा धनी देखिएका छन् ।
त्यसपश्चात पोर्चुगलका क्रिस्टियानो रोनाल्डो स्थानमा छन् । यस्तै, ब्राजिलका नेइमार तेस्रो धनी खेलाडीमा देखिएका छन् ।

यी तीनजना समग्रमा विश्वकै धनी खेलाडीको शीर्ष दशभित्र समावेश छन् । खेलाडीहरूको मुख्य आम्दानी नै क्लबबाट पाउने वार्षिक पारिश्रमिक हो ।

यसैगरी, उनीहरूले विभिन्न कम्पनीसँग सहकार्य गर्दै आम्दानी गर्ने गर्छन् । फोर्सले सहभागी सबै ३२ राष्ट्रका खेलाडीको समग्रमा वार्षिक आम्दानी ४ सय मिलियन पाउन्ड रहेको जनाएको छ । उसले केवल विज्ञापन र वार्षिक आम्दानीको मात्र विश्लेषण गरी खेलाडी छनोट गरिएको जनाएको छ । फोर्सले राष्ट्रिय टिमबाट दिइने पारिश्रमिक जोडेको छैन ।

१- लियोनल मेसी (अर्जेन्टिना)

पाँचपटकका फिफा वर्ष खेलाडी लियोनल मेसीको कुल सम्पत्ति ११ करोड १० लाख डलर रहेको छ । आधुनिक फुटबलकै सर्वोकृष्ट खेलाडी मेसी बार्सिलोना र अर्जेन्टिनाका प्लेमेकर हुन् ।

बार्सिलोनाको आत्मा भनिने मेसीले क्लबबाट प्रतिवर्ष २ करोड ७० लाख डलर पारिश्रमिकका रूपमा लिने गर्छन् । एडिडास, मास्टर कार्ड तथा पेप्सीको विज्ञापन गरेबापत उनले २ करोड ७० लाख डलर थप आर्जन गर्छन् ।

२- क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएयता पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डोको चर्चा चुलिएको हो । म्याड्रिडका अध्यक्ष परेजले रोनाल्डोविनाको क्लब पूरा नहुने बताउने गर्छन् । रोनाल्डो रसिया विश्वकपकै दोस्रो धनी फुटबलरमा गनिन्छन् । उनको वार्षिक कमाइ १० करोड ८० लाख डलर रहेको छ । रोनाल्डोले रियलबाट प्रतिसता ३ लाख ६५ हजार डलर थाप्छन् ।

३- नेइमार (ब्राजिल)

२६ वर्षीय ब्राजिलियन नेमार जुनियर व्यावसायिक फुटबलमा भाग्य चम्काउन युरोपतिर हानिएका फुटबलर हुन् । ब्राजिलको सान्तोषमा आफ्नो करिअर नदेख्दा उनले रियल म्याड्रिडको आकर्षक प्रस्तावसमेत स्विकारेनन् ।

सानैदेखि मेसीलाई आदर्श मानेका नेमार बार्सिलोनासँग सामान्य मूल्यमै अनुबन्ध भए । बार्सिलोनामा तीन सिजन बिताउँदा उनी विश्वकै एक स्टार खेलाडी बनिसकेका थिए ।

महत्वाकांक्षी सपना देख्ने नेमार पुनः आफ्नो स्टारडमलाई एक उचाइ दिन फ्रेन्च क्लब पिएसजीमा विश्वकीर्तिमान रकम १९ करोड ८० लाख पाउन्डमा अनुबन्धित हुन पुगे । जीवनमा परिवर्तन खोजिरहने नेमार अहिले विश्कपकै तेस्रो धनी फुटबलमा पर्छन् । ब्राजिलियन कप्तान नेमारले ७ करोड ३० लाख डलर पारिश्रमिकबाट कमाएका छन् । उनले १ करोड ७० लाख पाउन्ड विज्ञापनबाट आर्जन गरे ।

४-पाउल पाउग्बा (फ्रान्स)

पाउग्बा रसिया विश्वकपकै महँगा खेलाडीमा पर्छन् । २५ वर्षीय उनको वार्षिक आम्दानी २ करोड ९५ लाख पाउन्ड रहेको छ । युनाइटेडका महँगा खेलाडी पोग्बाले प्रतिसाता २ लाख ९० लाख पाउन्ड कमाउन्छन् ।

५- ओस्कार (ब्राजिल)

ब्राजिलियन मिडफिल्डर ओस्कार अहिले चीनको संघाई क्लबमा आबद्ध छन् । चेल्सीबाट संघाईमा अनुबन्धित हुँदा उनको सम्झौता रकम ६ करोड पाउन्ड रहेको थियो । चेल्सीमा साढे चार वर्ष बिताएपछि ओस्कारले एकाएक संघाईको राम्रो प्रस्ताव स्विकार्दै सबैलाई स्तब्ध पारे । राष्ट्रिय टोलीबाट अहिलेसम्म उनले १२ गोल गरेका छन् । उनले संघाईबाट प्रतिसाता ४ लाख पाउन्ड आर्जन गर्छन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

 नेपालगन्जका दुई स्पाबाट तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार

तीन वर्षीया गरिमाको हत्या : कानुन कडा बनाउने कि समाज बदल्ने ?

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५३ रुपैयाँ ५० पैसा

उद्योग तथा वाणिज्य समितिमा मन्त्री र सचिव

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu