ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेक्सिकोलाई २–० ले हराउँदै ब्राजिल लगातार सातौँ पटक विश्वकपको क्वार्टरफाइनलमा


एबीसी न्यूज
१९ असार २०७५, मंगलबार   ९ : ०९   बजे

काठमाडौं, १९ असार । मेक्सिकोलाई २–० गोलअन्तरमा पराजित गर्दै पाँच पटकको फिफा विश्वकप विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

रुसको सामारा एरिनामा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।

नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ बिट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोल लाइन नजिकैबाट बललाई जाली चुमाएका हुन् ।

खेलको नियमित समय सकिनु २ मिनेटअघि लिभरपुलका फरवार्ड रोवर्टो फिर्मिन्होले नेइमारको क्रसमा गोल गरे । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा भने मेक्सिकोले ब्राजिललाई गोल गर्न रोकेको थियो । मेक्सिकोका जाभियर हर्नाण्डेज, लुजानो लगायतले केही अवसर पाए पनि गोल गर्न सकेनन् ।

ब्राजिलले अहिलेसम्म मध्य तथा उत्तर अमेरिकी टोलीसँग विश्वकपमा हार्नुपरेको छैन । जुन उसले यस खेलमा पनि निरन्तरता दियो । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनलमा पुगेको छ भने सन् १९९४ र २००२ मा च्याम्पियन नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu