ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवर्तनलाई कर्मचारीतन्त्रले आत्मसाथ गरेनन् – प्रचण्ड


sharan sharan
१७ कार्तिक २०७५, शनिबार   ४ : ४६   बजे

बुटवल, १७ कार्तिक ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रले ऐतिहासिक परिवर्तनलाई आत्मसाथ गर्न नसकेका कारण जनताले महसुस हुने गरि सरकारको काम नदेखिएको बताउनुभएको छ ।
पार्टीको रुपन्देही जिल्ला समितीले आज बुटवलमा आयोजना गरेको शुभकामना सन्देस सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघियताको मर्म र महत्व कर्मचारीतन्त्रलाई बुझाईने र बुझ्न नचाहनेलाई निकालेर फालेर पनि संघियता कार्यान्वयन गरिने दृढ्ता ब्यक्त गर्नुभयो ।
उहांले आगामी ५ वर्षमा बिकासका पुर्वाधारहरु तयार हुने दाबी गर्दै १० वर्षमा नेपाललाई एसियाली मापदण्डका देशहरुभन्दा माथी पु¥याउने लक्षका साथ सरकार अगाडी बढेको स्पष्ट पार्नुभयो ।
नेपालमा आएको परिवर्तन प्रतिक्रीयाबादीको दयाबाट प्राप्त नभएको बताउंदै प्रचण्डले हजारौं जनताको बलिदान र त्याग र तपस्याबाट परिवर्तन आएकाले यसलाई असफल पार्ने सपना नदेख्न बिपक्षिहरुलाई आग्रह गर्नुभयो । केपी ओलीको १४ वर्ष गोलघर र माओबादीको १४ वर्ष बनबासको परिणामबाट पार्टी एकता भएको उल्लोख गर्दै उहांले पार्टी एकता भएको दिन प्रतिक्रियाबादी कित्तामा ९ रेक्टेर स्केलको भुकम्प गएको चर्चा गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै पार्टीका महासचिव बिष्णु पौडेलले नेकपा एमाले र माओबादी केन्द्रका बिच भएको एकता केवल एकताका लागि मात्र नभएर मुलुकमा रहेको सम्पूर्ण बिभेदहरुको अन्त्यका लागि भएको बताउनुभयो ।
उहांले एकता सम्पन्न भयो भने नेतृत्व चुप लागेर नबसेको जानकारी दिंदै समाजबादी गन्तब्य पुरागर्न पार्टी नेताहरु क्रियाशिल रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ५का मुख्य मन्त्री शंकर पोखरेल, स्थायी समिती सदस्य चन्द्रप्रकाश खनाल र टोपबहादुर रायमाझी, ५ नम्बर प्रदेश कमिटीका अध्यक्ष ओनसरि घर्ती लगायतले पार्टी एकीकरणलाई छिटो भन्दा छिटो तल्लो निकायसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए ।
एकताको सन्देश र जनताहरुलाई दशैं, तिहार र छठको शुभकामना दिन सभाको आयोजना गरिएको आयोजक नेकपा रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group