ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’


एबीसी न्यूज
१० असार २०८३, बुधबार   ६ : ३१   बजे

काठमाडौं, असार १० । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा रविको निर्विरोध चयनसँगै पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह ले मध्यराति सामाजिक सञ्जालमार्फत पार्टीलाई शुभकामना व्यक्त गरेका छन्।

चितवनमा जारी महाधिवेशनमा मंगलबार बालेनकै प्रस्तावमा रविले सभापति पदका लागि उम्मेदवारी दिएका थिए। निर्धारित समयसम्म अन्य कुनै उम्मेदवार नउठेपछि रास्वपाको केन्द्रीय निर्वाचन आयोगले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

रविको पुनः नेतृत्व सुनिश्चित भएपछि वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमा आफू र रविको स्केच तस्बिर सार्वजनिक गर्दै पार्टीप्रति शुभेच्छा व्यक्त गरेका हुन्। उनले रोमन लिपिमा लेखेका छन्, “Shubhakamana hamro partylai. Sabai jana safal hunus. Deshlai safal banaunus.” अर्थात्, “शुभकामना हाम्रो पार्टीलाई। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि उम्मेदवार बन्न केन्द्रीय सदस्यमा निर्वाचित भइसकेको हुनुपर्ने व्यवस्था छैन। यही व्यवस्थाअनुसार रवि लामिछाने सभापति पदमा प्रतिस्पर्धामा उत्रिएका थिए।

महाधिवेशनअन्तर्गत अब बाँकी पदका लागि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ। बुधबार पहिलो चरणमा केन्द्रीय सदस्य पदका लागि मतदान हुने निर्वाचन आयोगले जनाएको छ। मतदानको समय भने अझै सार्वजनिक गरिएको छैन।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र मतगणना गरी परिणाम सार्वजनिक गरिनेछ।

रवि लामिछानेको पुनः निर्विरोध चयनले पार्टीभित्र उनको नेतृत्वमा रहेको विश्वासलाई पुनः पुष्टि गरेको विश्लेषण भइरहेको छ भने आगामी केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीहरूको निर्वाचनले रास्वपाको नयाँ संगठनात्मक संरचनाको तस्वीर स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी विपत्तिमा विश्वको साथ : आर्थिक सहयोगदेखि बेलिब्रिज र डीएनए किटसम्म

बिहान उद्धार, दिउँसो सावधानी : रसुवा–नुवाकोटमा मौसमविद्को सुझाव

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu