ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ मनै लोभ्याउने तिम्बुङ पोखरी…


admin
२९ भदौ २०७४, बिहिबार   ३ : ४७   बजे

ताप्लेजुङ, २९ भदौ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् ।

झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै रहुँजस्तो लाग्ने धार्मिक, जैविक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण तिम्बुङ पोखरीमा वर्षेनी साउनदेखि असोज महिनासम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ । मुलुकका थुप्रै सिमसारमध्ये तिम्बुङ पोखरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाअन्तर्गत साबिकको कालीखोला गाविसमा पर्ने धार्मिक एवं सास्कृतिक महत्व बोकेको क्षेत्र हो ।

उक्त पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने गरेको बताइन्छ । समाजसेवी गजेन्द्रप्रसाद तुम्याहाङले लिम्बू भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताउनुभयो । उहाँका अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बू भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् ।

वर्षौं पहिले अङ्ग्रेजले भारतमा शासन गर्दा पोखरीमा बहुमूल्य धातु हुन सक्ने भन्दै तल्लो भागबाट कुलेसो बनाएर पानी फाल्दा त्यहीँ मृत्यु भएको जनश्रुति पनि छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने स्थानीयवासीको विश्वास रहेको पाइन्छ । अर्कातिर पोखरीको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने र भए÷गरेका पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ । चार हजार ४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर–दक्षिण लम्बाइ र १४५ मिटर पूर्व–पश्चिम चौडाइ रहेको जानकार बताउँछन् ।

पहाडको टाकुरामा रहेको यो पोखरीलाई जति हेरे पनि हेरिरहुँ लाग्ने गरेको सिरिजङ्घा निवासी मोहन भट्टराईले बताउनुहुन्छ । मनसुनी समयमा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने धेरै मानिस वर्षेनी यो पोखरीमा पुगेर फर्किन्छन् । वर्षेनी नागपञ्चमी र जनै पूर्णिमाको दिन भने निकै भीड लाग्ने गरेको छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गइसकेपछि ठाउँ ठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ ।

हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका फूलले अनकन्टार डाँडाकाँडाको स्वरुप नै बदलिएको पाइन्छ भने चट्टानको थुप्रोभित्र छङ्छङ् आवाजमा बग्ने स–साना खोल्सीको आवाजले छुट्टै आनन्द प्रदान गर्छ । विश्व संरक्षित सूचीमा रहेको रेड पाण्डा, बहुमूल्य जडीबुटी क्याञ्जो, पाँचऔँले, विखमा, पदमचाल, चिराइते, यार्सागुम्बा, कुड्की, बुढो ओखती लगायतका जडीबुटी पनि यही क्षेत्रमा पाइन्छ ।

फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौँरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन । ठूलो समूहमा बास बस्दा आफैँ खाना पकाएर खानुपर्छ, नत्र एक÷दुईजना गए गोठाला आफैँले पनि खाना पकाइदिन्छन् ।

यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुईवटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुईदेखि तीन दिनसम्मको पैदल यात्रा गर्नुपर्छ ।

पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरिजङ्घास्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । यो पोखरीको आसपासमा अरू पनि स–साना थुप्रै पोखरी रहेका छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयूर पोखरी, नीर पोखरी लगायतका दर्जनौँ पोखरी रहेका छन् । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जेलिङ लगायतका ठाउँसमेत देख्न सकिन्छ ।

प्रचार–प्रसारको खाँचो 

तिम्बुङ पोखरी पर्यटकीय दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि यसको संरक्षण र प्रचार–प्रसारको भने खाँचो रहेको छ । धार्मिक क्षेत्रका रुपमा समेत आफ्नो पहिचान बनाएको यो पोखरीको संरक्षण र प्रचार–प्रसार गर्न सके आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई समेत भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ ।

सिरिजङ्घा–७ खेवाङका उमापति दाहालले यस क्षेत्रका बारेमा कमैलाई मात्र जानकारी भएको भन्दै सबैले मिलेर पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । भारतको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरी जैविक विविधताले भरिपूर्ण रहे पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् । बहुमूल्य जडीबुटी, लोपोन्मुख वन्यजन्तु पाइने क्षेत्र भएकाले पनि राज्यले विशेष ध्यान दिन आवश्यक भएकामा स्थानीयवासीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group