ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलनमा बलियो आधार नहुदा बैंकहरुमा लगानी योग्य पुंजीको अभाव


एबीसी न्यूज
२१ मंसिर २०७५, शुक्रबार   ९ : २५   बजे

काठमाडौं, २१ मंसिर ।  बैंक तथा वित्तीय संस्थाका निक्षेप संकलनमा बलियो आधार नहुदा बैंकहरुमा लगानी योग्य पुंजीको अभाव देखिरहेको छ । बैकहरुमा कर्जाको माग दिन प्रतिदिन बढीरहेको तर निक्षेप बढ्न नसकेपछि बैकिङ तरलाको समस्या विगत ३ वर्षदेखि नै आइरहेको छ । कर्जाको माग अनुसार पुंजी निमार्ण हुन नसक्दा हरेक वर्ष बैकहरु तरलाको सिकार हुदै आएका छन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा पछिल्ला केही वर्ष लगानीयोग्य पुंजी अभाव हुदै आएको छ । बंैकिङ तरलताको कारण बैकहरुमा लगानीको रकमको अभावको भइरहेको छ । जसका कारण, बिगत तीन वर्ष यता बैकिङ क्षेत्र तरलाको कारण समस्या पर्दै आएको छ ।

केही बाणिज्य बैकहरुले आफनो लगानीको रेसियो सीसिडी ८० प्रतिशत भन्दा पनि बढि लगानी गर्ने तर निक्षेप संकलनमा बृद्धि गर्न नसक्दा बैकिङ तरलताको समस्या झेल्नु परिरहेको छ । लगानीयोग्य पुंजी अभावको सम्बन्धमा कर्जा, निक्षेप तथा कोर पुंजीको अनुपात (सीसीडी रेसियो) ७७ देखि ७८ प्रतिशत हाराहारीमा देखिदै आएको छ । बाणिज्य बैकहरु अहिले निक्षेपको आधार नबढाइ कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

अहिले २८ वटा बैंकमध्ये केही बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमा माथि पुगेको छ । राष्ट्र बैकले यी बैकहरुलाई सचेत समेत गराईरहेको छ । राष्ट्र बैकले लगानीयोग्य पुंजी अभाव हुन नदिन मौद्रिक नीतिबाट सम्बोधन गरेपनि तीन वर्षदेखि लगानी योग्य पुंजीको अभाव हुदै आएको छ ।

राष्ट्र बैकका अनुसार बैंकहरूले कर्जा विस्तारमा संयमित भएर लगानी नगर्दा तरलताको अवस्था आएको जनाएको छ । तर नियमन निकाय भएकोले राष्ट्र बैकले सम्बन्धित बैंक तथा वित्तीय संस्था संयमता अपनाउन भनेपनि कारवाही गर्न सकेको छैन । निक्षेप र कर्जा चक्रिय प्रणाली भएको हुनाले एक दुईदिनमा घटबढ भए पनि प्राथमिक पुजी भने तत्काल बढाउन सम्भव देखिएको छैन । पछिल्लो समय निक्षेप र कर्जा विस्तारमा तालमेल नमिल्दा समस्या आइरहेको राष्ट्र बैकले जनाएको छ ।

राष्ट्र बैक अहिले देखिएको लगानीयोग्य पुजीलाई व्यवस्थित गर्ने सीसीडी कसी लगाउने योजना गरिहेको छ । अहिले पनि बैकहरुको लगानी रियल स्टेट र स्टक मार्केट फसेको अवस्था छ जसको कारण निक्षेप बढ्न सकिरहेको छौन ।

राष्ट्र बैकका अनुसार लगानीयोग्य पुंजी चक्रीय प्रणाली भएकोले कहिले सहज हुन्छ, कहिले असहज हुन्छ । सुपरीवेक्षक निकायको काम अर्थतन्त्रको प्रणाली र तरलताको अवस्थालाई सही ठाउमा राख्ने र व्यवस्थापन गर्नका लागि राष्ट्र बैकले अनुगमन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group