ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ९ : २०   बजे

लन्डन, ११ असार । नेपाली ‘कम्युनिष्ट आन्दोलनका पिता’ पनि भनिने ९२ वर्षीय मोहन विक्रम सिंहले बेलायतको सत्तारुढ लेबर पार्टीका पूर्व प्रमुख एवं हाल योर पार्टीका नेता जेरेमी कोर्बिनसँग भेटघाट गरेका छन् ।

मंगलबार बेलायती संसद भवनमा दुई पाका नेताहरुबीच भेटघाट भएको हो । झण्डै एक घण्टा लामो भेटवार्तामा समाजवादी आन्दोलन, युद्धविरोधी अभियान, नेपाल र बेलायतको राजनीति एवं साम्राज्यवादी मुलुकहरुले गरिरहेको रक्षाबजेट वृद्धि आदिबारे कुराकानी भएको वार्तामा सहभागी एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले जनाए ।

सांसद समेत रहेका सोसलिष्ट लिडर कोर्बिनले संसारभर अल्पसंख्यकमाथि भइरहेको हमला र रक्षा बजेट वृद्धिप्रति चिन्ता व्यक्त गर्दै शान्तिको पक्षमा आफ्नो अभियानबारे अवगत गराएका थिए । बेलायतमा समेत दक्षिणपन्थीहरुले आप्रवासीहरुलाई खेदिरहेको उल्लेख गर्दै नेता कोर्बिनले नेपालमा समाजवादी पक्षधारहरु किन एकै ठाउंमा हुन नसकेका भन्नेबारे चासो राखेका थिए ।

जनपक्षीय नेता कोर्बिनले यूकेमा नेपाली समुदायको अवस्थाबारे चासो राख्ने क्रममा यहाँ नेपालीको बढ्दो जनसंख्याप्रति आश्चर्य समेत प्रकट गरेका थिए । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका समस्या र यसको समाधानमा आफ्नो पहल रहने पनि उनले आश्वासन दिएका थिए ।

सो अवसरमा सिंहले नेपालमा अमेरिकी र भारतीय प्रभाव बढिरहेको बताउँदै आफूहरु संविधान, लोकतन्त्र, गणतन्त्र, नागरिकको मौलिक हकअधिकारको रक्षार्थ लडिरहेको बताएका थिए । वर्तमान सरकारले नागरिकका अधिकार संकुचित गर्न खोजिरहेको भन्दै उनले वाम एकतामा समेत जोड दिएका पुडासैनीले बताए ।

७७ वर्षीय समाजवादी नेता जेरेमी बर्नार्ड कोर्बिन सन् १९८३ देखि इस्लिङ्टन नर्थका लागि संसद सदस्य छन् । उनले गत वर्षमात्र जाराह सुल्तानासँग मिलेर योर पार्टी गठन गरेका थिए जसको उनी संसदीय नेता पनि हुन् ।

लामो समय भूमिगत, अर्धभूमिगत हुँदै दुई वर्षअघि सार्वजनिक रुपमा सक्रिय वयोवृद्ध नेता सिंह पहिलोपटक बेलायत आएका हुन् ।

सिंहले बेलायत भ्रमणका क्रममा कार्ल मार्क्सको समाधि, ब्रिटिश पुस्तकालय, लन्डनस्थित नेपाली दूतावास र नेपाली समुदायसँग भेटघाट गरेका उनको भ्रमणको सहजीकरण गरिरहेका वाम वुद्धिजिवी एवं पूर्व विद्यार्थी नेता प्रकाश ज्ञवालीले बताए ।

नेपालमा कम्युनिष्ट आन्दोलन चिरा(चिरा भएको अवस्थामा वाम आन्दोलनलाई एकीकृत गर्ने सिंहको पहलमा बेलायती नेपाली वुद्धिजिवी वर्गले पनि साथ दिएको ज्ञवालीले बताए । नेपालमा ‘लेफ्ट मुभमेन्ट’ को महत्व झन् बढ्दै गएको उनको भनाइ थियो ।

गत बिहीबार जर्मनीबाट बेलायत आएका नेता सिंह सोमबार नेपाल फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu