ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीको भीषण बाढीले रसुवा तहसनहस, दुई बजार र भन्सार क्षेत्र बगायो (भिडियो)


ABC NEWS
१० भदौ २०८३, बुधबार   १० : ३५   बजे

रसुवा । बुधबार बिहान लेन्दे खोला अर्थात् भोटेकोशीमा आएको भीषण बाढीले रसुवा जिल्लाको उत्तरी क्षेत्र तहसनहस बनाएको छ। बाढीले टिमुरेसहित दुईवटा बजार क्षेत्र पूर्ण रूपमा ध्वस्त बनाउनुका साथै रसुवा भन्सार क्षेत्रका सवारीसाधन, मालसामान तथा अन्य संरचनासमेत बगाएको स्थानीय प्रशासनले जनाएको छ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले रसुवा नाका क्षेत्रमा व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

उनले भने, “दुईवटा बजार पूरै तहसनहस भएका छन्। रसुवा भन्सार क्षेत्रमा धेरै गाडी र सामान थिए, ती सबै बाढीमा बगे।”

https://abcnews.com.np/wp-content/uploads/2026/08/snapsave-app_28439455499000768_hd.mp4

बजार र भन्सार कार्यालयमा व्यापक क्षति

बाढीको चपेटामा परेको टिमुरे बजार तथा आसपासका व्यापारिक क्षेत्र व्यापक रूपमा क्षतिग्रस्त भएका छन्। प्रशासनका अनुसार बाढीले बजार क्षेत्रसँगै रसुवा भन्सार कार्यालय र त्यहाँ रहेका विभिन्न संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ।

भन्सार क्षेत्रमा रहेका मालवाहक तथा अन्य सवारीसाधन, व्यापारिक सामान र उपकरण बाढीले बगाएको बताइएको छ। बाढीपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् भने प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ।

नयाँ पुलसमेत बाढीले बगायो

गत वर्षको बाढीबाट क्षति पुगेपछि हालै निर्माण सम्पन्न गरिएको नयाँ पुल पनि यसपटकको बाढीले बगाएको छ।

पुल बगेसँगै प्रभावित क्षेत्रको यातायात सम्पर्क गम्भीर रूपमा प्रभावित भएको छ। बाढीले सडक तथा अन्य पूर्वाधारमा समेत क्षति पुर्‍याएकाले उद्धार र राहत कार्यमा समेत चुनौती थपिएको छ।

राहत र पुनर्निर्माणको चुनौती

स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री उपलब्ध गराउन आवश्यक सहयोगको आग्रह गरेको छ। साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

गत वर्ष पनि यस क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो। पटक–पटक दोहोरिँदै आएको बाढीले सीमावर्ती व्यापारिक केन्द्र, सडक, पुल तथा भन्सार पूर्वाधारमा क्षति पुर्‍याउँदै आएकाले यसपटकको विपत्तिपछि पुनर्निर्माणसँगै दीर्घकालीन रूपमा बाढी जोखिम न्यूनीकरण गर्ने चुनौतीथपिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

भोटेकोशीको बाढी गल्छी पुग्यो, केही घण्टामै मुग्लिन बजारसम्म पुग्ने पूर्वानुमान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

भोटेकोशीको बाढी गल्छी पुग्यो, केही घण्टामै मुग्लिन बजारसम्म पुग्ने पूर्वानुमान

तिब्बतबाट भोटेकोशीमा ठूलो बाढी, मुग्लिनसम्म असर पर्न सक्ने चेतावनी

रसुवा बाढीपछि उद्धार र राहत तीव्र, सेना–प्रहरी परिचालन गर्न प्रधानमन्त्री शाहको निर्देशन

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति

Russian-Israeli Historian Detained in Israel Following Criticism of Palestinian Policy

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu