काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी धादिङको गल्छी क्षेत्र आसपास पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी अबको केही घण्टामै मुग्लिन बजारसम्म पुग्ने सम्भावना रहेको छ।
महाशाखाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट सडकखण्ड तथा त्रिशूली नदी आसपासका बस्ती र बजार क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका स्थानीयवासीलाई सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा सर्नसमेत महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले बाढीको बहाव र अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाउँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्