ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा भीषण बाढी, टिमुरेसहित दुई बजार र भन्सार क्षेत्रमा ठूलो क्षति


ABC NEWS
१० भदौ २०८३, बुधबार   १० : ५५   बजे

रसुवा । रसुवामा बुधबार बिहान आएको भीषण बाढीले टिमुरेसहित दुईवटा बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। लेन्दे खोला (भोटेकोसी) मा आएको बाढीले बजार, रसुवा भन्सार क्षेत्र, सवारीसाधन तथा अन्य संरचना बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीबाट भएको क्षतिबारे गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोस्टको आकस्मिक बैठक सुरु भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार टिमुरे र नजिकैको अर्को बजार बाढीले पूर्ण रूपमा बगाएको छ।

‘दुईवटा बजार पूर्ण रूपमा तहसनहस भएका छन्। टिमुरे र त्यसको नजिकै रहेको अर्को एउटा बजार बाढीले पूरै बगाएको छ,’ अधिकारीले भने।

उनका अनुसार रसुवा भन्सार क्षेत्रमा रहेका धेरै सवारीसाधन तथा अन्य सामग्रीसमेत बाढीमा बगेका छन्। बाढीले बजार क्षेत्रसँगै भन्सार कार्यालयमा समेत ठूलो क्षति पुगेको छ।

नयाँ बनेको पुल पनि बगायो

गत वर्षको बाढीबाट क्षतिग्रस्त भएपछि हालै निर्माण सम्पन्न गरिएको नयाँ पुलसमेत यसपटकको बाढीले बगाएको अधिकारीले बताए।

बाढीको क्षतिबारे विस्तृत विवरण संकलन भइरहेको छ। प्रारम्भिक विवरणअनुसार रसुवा नाकामा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 रसुवा बाढी : नेपाली सेना उद्धारमा परिचालित, दुई हेलिकप्टर र मेडिकल टोली प्रभावित क्षेत्रमा (भिडियो)

🚨 रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय विपद् परिषद्को बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

🚨 रसुवा बाढी : नेपाली सेना उद्धारमा परिचालित, दुई हेलिकप्टर र मेडिकल टोली प्रभावित क्षेत्रमा (भिडियो)

🚨 रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए राष्ट्रिय विपद् परिषद्को बैठक

🚨 रसुवा बाढी : जलविद्युत् आयोजना र विद्युत् गृहमा ठूलो क्षति, कर्मचारीको अवस्था अज्ञात (भिडियो)

🚨 रसुवा बाढीको कारण हिमपहिरो ? तिब्बतमा बनेको प्राकृतिक बाँध फुट्दा बाढी आएको प्रारम्भिक अनुमान

🚨 रसुवा बाढी : ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोली सम्पर्कविहीन(भिडियो)

भोटेकोशी बाढीपीडितको उद्धारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu