ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीमा भीषण बाढी, तिब्बतमा हिमताल विस्फोटको आशंका (भिडियो)


ABC NEWS
१० भदौ २०८३, बुधबार   १० : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयका अनुसार भोटेकोशी नदीमा पानीको बहाव असामान्य रूपमा बढेको छ। तिब्बततर्फबाट आएको ठूलो बाढी नदीमा प्रवेश गरेपछि रसुवा हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी तटीय क्षेत्रमा जोखिम बढेको बताइएको छ।

https://abcnews.com.np/wp-content/uploads/2026/08/snapsave-app_4986753354884258_hd.mp4

प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने त्रिशूली नदी तथा यससँग जोडिएका नदी किनारका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको जानकारी दिँदै त्रिशूली नदीको तटीय क्षेत्र, विशेषगरी मुग्लिनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

उनले भनेका छन्, “भोटेकोशी नदीमा रसुवा हुँदै तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्र, मुग्लिनसम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।”

बाढीको कारणबारे विभिन्न आशंका गरिए पनि हालसम्म आधिकारिक रूपमा यकिन हुन सकेको छैन। तिब्बत क्षेत्रमा हिमताल विस्फोट वा अन्य प्राकृतिक घटनाका कारण अचानक ठूलो बाढी आएको हुन सक्ने आशंका गरिएको छ।

तर, प्राधिकरणले तिब्बत पक्षबाट यस सम्बन्धमा औपचारिक विवरण प्राप्त नभएको जनाएको छ। बाढीको वास्तविक कारण, पानीको बहाव र सम्भावित क्षतिको विवरण बुझ्ने काम भइरहेको छ।

स्थानीय प्रशासनलाई तयारी अवस्थामा रहन निर्देशन

प्राधिकरणले स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ।

नदी किनार तथा सम्भावित बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ। प्राधिकरणले नदी किनारमा नजान, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीको पालना गर्न आग्रह गरेको छ।

बाढीबाट भएको सम्भावित मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिटमा सर्वोच्चमा सुनुवाइ

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

नाडा अटो शोमा नामी बक्स ई२ को बिक्री सुरु, मूल्य २९.९९ लाखदेखि

माथिल्लो त्रिशूली–३ ‘ए’ का ४६ कर्मचारी सम्पर्कविहीन

बाढी प्रभावित क्षेत्रका कर्मचारीलाई कार्यस्थल नछोड्न मन्त्रालयको निर्देशन

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu