ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार लागिपरेको छ : मन्त्री थापा


admin
२८ मंसिर २०७५, शुक्रबार   ६ : ५८   बजे


बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेश पलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ ।

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले उक्त कुरा बताउनुभएको हो ।

नेपाल समृद्धिको सम्भावनाहरुले भरिपूर्ण रहेपनि उजागर हुन नसक्दा उजाड बन्नुपरेको बताउँदै उहाँले आगामी ५ बर्षभित्र रोजगारिको लागि विदेश पलायत हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले गृहकार्य थालेको बताउनुभयो ।

‘‘ खाडी मुलुकका मरुभुमि नेपाली युवाहरुको पसिनाले सिंचीत भएर हराभरा भएको छ, यहाँ सम्भावनाका अनेक स्रोत र साधन छन् तर सम्भावना उर्जागर नहुँदा उजाड बन्नुपर्ने विडम्बना छ’’,मन्त्री थापाले भन्नभयो ।

मुलकमै आर्थिक उन्नतीको लागि सरकारले प्रधानमन्त्री युवा स्वरोजगार र प्रधानमन्त्री कृषि कार्यक्रमलाई अघि सारेको बताउँदै सरकारले ल्याएको नितिलाई कार्यान्वयन गर्दै आर्थिक उन्नतीमा लाग्न युवाहरुलाई आह्वान गर्नुभयो ।

प्रवासमा रहेका म्याग्देलीहरुको अगुवाईमा निर्माण हुन लागेको यस आयोजनाले विदेशमा आर्जन गरेको स्रोत, साधन र शिपलाई स्वदेशमै उपयोग गर्नुपर्ने सन्देश दिएको मन्त्री थापाले बताउनुभयो ।

नेपाल जलविद्युतमा प्रशस्त सम्भावनायुक्त रहेपनि अहिलेसम्म न्युन मात्रामा विद्युत उत्पादन भएको बताउँदै उहाँले आगामी १० बर्षभित्र १५ हजार मेगावाट विद्यूत उत्पादन गर्ने लक्ष्य सहित सरकारले जलविद्युत क्षेत्रको विकासमा लागिपरेको बताउनुभयो ।

मन्त्री थापाले म्याग्दी जलविद्युत, पर्यटन, जडिबुटी, कृषि लगायतको क्षेत्रमा प्रशस्त सम्भावनायुक्त रहेकाले यसतर्फ लगानी बढाउन आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापा र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जलविद्यूत आयोजना निर्माणमा आईपरेका समस्या हल गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्दै निर्धारित समयमै आयोजनाको निर्माण कार्यलाई पूर्णता दिने गरि काम गर्न आग्रह गर्नुभयो ।

मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ ।

५ अरब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत विक्तिय संस्थाको लगानी रहने आयोजनाका अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो ।

उहाँले स्वदेश तथा विदेशमा रहेका म्याग्देली तथा गैर आवासीय नेपालीहरुलाई लगानीको लागि आह्वान गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group