ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले अमेरिका रहंदा अमेरिकी उच्च अधिकारीसंग वार्ता गर्ने


ABC NEWS
५ चैत्र २०७५, मंगलबार   ८ : ०९   बजे



काठमाडौँ, ५ चैत । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विरुद्ध चलेका हल्ला वाहियात अफबाह भएको अमेरिकी दूतावासले जनाएको छ ।

This image has an empty alt attribute; its file name is prachanda_sita_plane1.jpg

तत्कालीन नेकपा (माओवादी) को कथित पीडितको बहाना गरेर अमेरिकामा बसेर नेपालको खेदो खन्ने गिरोहले नेपाल सरकार र नेताहरुको बदनाम अभियानमा लाग्दै आएको नेकपाले जनाएको छ ।
नेपालमा सधैं द्धन्द्धको खेती गर्ने तत्वहरुको कुप्रचार बढी भएपछि नेपालस्थित अमेरिकी दुतावासले प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ ।

अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर जारी गरेको छ ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि अमेरिकाले उनीमाथि लागेको भिसा प्रतिवन्ध हटाउंदै नो अव्जेक्सन सर्कुलर जारी गरेको थियो । मोदीलाई उनी मुख्यमन्त्री भएका बेला गुजरातको भुजमा भएको दुई हजार जनाभन्दा बढी मुस्लिम मारिएको घटनामा अमेरिकाले यस्तो प्रतिवन्ध लगाएको थियो ।

अमेरिका भ्रमणका क्रममा उत्पन्न हुन सक्ने कानूनी झमेला हटाउन विरलै मात्र यस्तो सर्कुलर जारी गरिन्छ । यस्तो सर्कुलरपछि अमेरिकी सरकारका कुनैपनि निकायले कसैमाथि निगरानी गर्न पनि नमिल्ने अमेरिकी दूतावास स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार देशको पूर्व प्रधानमन्त्रीका बारेमा अनावश्यक दुष्प्रचार गर्नेहरुमाथि सरकारी सुरक्षा निकायले निगरानी गरिरहेको बताउंदै आवश्यक कारबाही गर्ने उच्च सुरक्षा अधिकारीले बताएका छन् ।

K

प्रचण्डको भ्रमण अगाडि अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमै पुगेर भेट गरी अमेरिका भ्रमणका क्रममा कुनैपनि झमेला नहुनेमा विश्वस्त पार्दै भ्रमणका क्रममा अमेरिकाले विशिष्ट सम्मानका साथ स्वागत गर्ने बताएका थिए । लगत्तै दूतावासको सुरक्षा निकायले यस्तो खालको सर्कुलर जारी गरेको थियो ।

यस अघि सन् २००८ मा प्रधानमन्त्री रहेका बेला अध्यक्ष प्रचण्डले अमेरिकाको भ्रमण गर्दै तत्कालीन राष्ट्रपति जर्ज बुशस“ग समेत भेट वार्ता गरेका थिए । प्रचण्ड पत्नी सीता दाहालको उपचारसगै अमेरिकी उच्च अधिकारीहरुसंग समेत दुई पक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रचण्डका विरुद्ध चलाइएका अफबाह वा उजुरीजस्ता हल्लाको कुनै अर्थ नभएका अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुंन कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group