ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बांके र बर्दियाका २८ सरकारी कर्मचारी माथि अख्तियारको मुद्दा


sharan sharan
३० जेष्ठ २०७६, बिहिबार   ११ : १३   बजे

नेपालगन्ज, ३० जेठ ।
बाँके र बर्दियाका विभिन्न सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका तथा फरार बाँके र बर्दिया मालपोत कार्यालयका २८ जना सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियारका अनुसार बाँकेका तत्कालिन प्रमुख मालपोत प्रमुख दीर्घबहादुर अधिकारी र बर्दियाका मालपोत कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवालीसहित २६ जना कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बाँकेको खासकारकाँदो ७ को ५ कट्ठा १३ धुर र नेपालगञ्ज उपमहानगरपालिकाको ५ कट्ठा १७ धुर जग्गा तथा बर्दिया नेउलापुरको विभिन्न तीन कित्तामा रहेको जग्गा सरकारी कागजात कीर्ते
गर्दै व्यक्तिको नाममा दर्ता गरीएको अभियोगमा अख्तिायारले केहि कर्मचारीहरुलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुले सरकारी जग्गा ब्यक्तिको नाममा गरिदिएकाले सरकारलाई हानी नोक्शानी पुर्‍याएको उल्लेख गरिएको छ ।
बाँके मालपोत कार्यालयका प्रमुख अधिकारी, मालपोत अधिकृत पुष्पा श्रेष्ठ, हेमराज शर्मा, अशोककुमार भट्टराई, नायब सुब्बा रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर वली, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द ठकुरी, खरिदार सुशील रिजाल, सञ्जयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी आनन्दराम चौधरीविरुद्ध मुद्दा दायर भएको हो।

बर्दिया मालपोतका तत्कालिन प्रमुख ज्ञवालीसहित मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बा कृष्णलाल शर्मा, रवीन्द्रबहादुर थापा, खरिदार भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसी रानी थारु, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय, खैरुल हसन अन्सारी, हसरतुन निशा अन्सारी, लाली मल्ल, लेखा व्यवसायी बृहस्पति खड्का र पप्पु धोवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
बाँके मालपोत कार्यालयका कर्मचारीसँग जनही २ करोड १६ लाख ७३ हजार ५० रुपैयाँ विगो दावी गरिएको छ भने बर्दियाका मालपोत अधिकृतसहित ९ कर्मचारीसँग जनही २ करोड ३० लाख रुपैयाँ विगो र कार्यालय सहयोगी खैरुल हसन अन्सारीसँग चार करोड ४७ लाख ४५ हजार ५ सय ५० विगो माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group