ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा बस्ने नेपालीहरुलाई आफ्नो समुदायको विद्यालयमा योगदान दिन शिक्षामन्त्रीको आग्रह


abc news
३ श्रावण २०७६, शुक्रबार   ६ : ३०   बजे

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भूकम्पका नाममा विदेशमा संकलन भएको र खर्च नभएको रकम भूकम्पप्रभावित विद्यालयको पुननिर्माणमा लगाउन चाहनेहरुलाई आफूहरुले सहज वातावरण बनाउने बताउनुभएको छ । भूकम्पका नाममा विदेशमा रहेका विभिन्न संघ संस्थाहरुले संकलन गरेको रकम अहिलेसम्म पनि खर्च नभएको सन्दर्भमा मन्त्री पोखरेलले त्यस्तो आब्हान गर्नुभएको हो ।

संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन न्युयोर्कमा आउनुभएका मन्त्री पोखरेलले भूकम्पबाट प्रभावित विद्यालयको पुननिर्माणको काम ८० प्रतिशत पूरा भइसकेको बताउनुभएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा पत्रकारहरुसँगको भेटघाटमा मन्त्री पोखरेलले सरकारको शिक्षा नीति र आफ्ना योजनाहरुबारे पनि जानकारी दिनुभएको थियो ।

मन्त्री हेरफेरको चर्चाबारे सोधिएको प्रश्नमा मन्त्री पोखरेलले आफूहरुलाई प्रधानमन्त्रीले एजेण्डामा केन्द्रीत भएर काम गर्न निर्देशन दिनुभएको तथा मन्त्री हेरफेरको चर्चाबारे प्रधानमन्त्रीसँगको बैठकमा कुनै कुराकानी नभएको बताउनुभयो । यसबारे आफूहरुले पनि मिडियाबाटमात्रै सुनेको मन्त्री पोखरेलले बताउनुभयो ।

विदेशमा बस्ने नेपालीहरुलाई आफ्नो समुदायका विद्यालयको स्तरोन्नतीका लागि सहयोग गर्न समेत मन्त्री पोखरेलले आब्हान गर्नुभयो । आफ्ना आफ्ना क्षेत्रका सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने हो भने शैक्षिक क्षेत्रमा मुहार फेर्नमा ठूलो योगदान हुने उहाँले बताउनुभयो ।

विदेश पढ्न जाने विद्यार्थीहरुलाई स्नातक तहका लागिमात्र नो अब्जेक्सन लेटर जारी गर्ने नियम ल्याइएकोबारे प्रष्ट पार्दै मन्त्री पोखरेलले विदेशमा पढ्न जाने विद्यार्थीहरु डिप्रेशन लगायतका विभिन्न समस्यामा फस्ने गरेका कारण स्नातक तह भन्दा माथिको अध्ययनका लागिमात्र नो अब्जेक्सन लेटर जारी गर्न थालिएको बताउनुभयो । यस अगाडि माध्यामिक तहको शिक्षाका लागि समेत अनुमतिपत्र प्रदान गरिदै आएकोमा गत महिनादेखि स्नातक अध्ययनका लागिमात्र अनुमतिपत्र दिने नियम ल्याइएको थियो ।

भेटघाटमा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाल अमेरिका पत्रकार संघ नेजाका महासचिव किरण मरहठ्ठा, संचारकर्मी शैलेश श्रेष्ठ, संजोग आचार्य लगायतले विभिन्न प्रश्न र सुझावहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu