ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ मा कोरोना भाइरस रोकथामको प्रयास तिब्र


sharan sharan
७ चैत्र २०७६, शुक्रबार   १० : ०४   बजे

बुटवल, ७ चैत्र । विश्वव्यापी महामारीको रुप लिएको कोरोना संक्रमण [कोभिड-१९] रोकथाम तथा आवश्यक पूर्व तयारीलाई प्रदेश ५ मा तिबै पारिएको छ ।
शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका ३ ठाउँमा कोरोना संक्रमणको आशंका गरिएकालाई उपचार गर्न अस्पतालको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले रुपन्देहीको भिम अस्पताल, देवदह क्याम्पस तथा बुटवल धागो कारखानामा आइशोलेसन अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ भने दाङको बेलझुण्डीमा रहेको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा आइशोलेसनको व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशको बाँकेजिल्लामा रहेको आयूर्वेद रोग अस्पताल तथा नेपाल प्रहरीको अस्पतालमा आइशोलेसन व्यवस्था गर्ने सरकारले निर्णय गरेको छ ।
बैठकमा सुरक्षा निकायका प्रतिनिधि, बुटवल उपमहानगरपालिकाका प्रमुख सहित सरोकारावालाहरुको सहभागिता रहेको थियो ।
बैठकले सामाजिक विकास मन्त्री सुदर्शन बरालको नेतृत्वमा ५ सदस्यीय र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । सदस्यहरुमा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्विनी प्रादेशिक अस्पताल तथा भिम अस्पतालका मेडिकल सुपरीटेण्डन रहने गरि निर्णय गरेको हो । त्यसैगरी बैठकले भारतदेखि नेपाल प्रवेश गर्ने सवारी साधनलाई मेडिकल ट्रिटमेण्ट गरेर मात्रै प्रवेश गर्न दिने, भारतीय तथा अन्य मूलुकका नागरिकहरुलाई अत्यावश्यक बाहेक नेपाल प्रवेशमा रोक लगाउने, सिमानामा आवतजावत गर्ने मानिसहरुको तथ्याङ्क संकलन गर्ने तथा व्यवस्थापनका लागि आवश्यक जनशक्ति खटाउने निर्णय गरेको छ ।
यसैगरी एम्बुलेन्सहरूको जिल्लागत रुपमा तथ्याङ्क संकलन गरि सम्बन्धित जिल्ला प्रमुखलाई बुझाउने तथा चालकको कमी भएको अवस्थामा सुरक्षा निकायबाट व्यवस्था गर्नुका साथै कोरोना भाइरसको सूचना सम्प्रेषण तथा सुरक्षाका लाग छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group