काठमाडौं, २१ जेठ । टी–२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा ओमानले नामिबियालाई ११० रनको सामान्य लक्ष्य दिएको छ ।
बार्बाडोसको केन्सिङ्टन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै १० विकेट गुमाएर १०९ रन बनाएको हो ।
ओमानका खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५, शकील अहमदले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
ओमानलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका रुबिन ट्रमपलम्यानले ४ तथा डेभिड विसले ३, जेराल्ड इरास्मसले २ र बर्नार्ड स्कोल्जले एक विकेट लिए ।
यी दुवै टोलीले यसअघि पनि विश्वकप खेलिसकेका छन् । नामिबियाले सन् २०२१ र २०२२ मा र ओमानले सन् २०१६ र २०२१ मा खेलेका हुन् ।
प्रतिक्रिया दिनुहोस्