ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मुक्तकम्लहरी अझै पनि परिचयपत्रबाट बञ्चित


shreedhar Gautam
१६ असार २०७७, मंगलबार   ९ : ४४   बजे

बर्दिया, १६ असार । मुक्ति पाएको नौ वर्ष पुगिसक्दा पनि बर्दिया जिल्लामा मुक्तकम्लहरीहरु परिचयपत्र नपाउँदा शिक्षा लिन वञ्चित भएका छन् । सरकारले २०६७ असार १३ गते कम्लहरीमुक्त घोषणा गरेको गरेको थियो ।
तत्कालै सरकारले शिक्षा र अन्य अवसरसहित पुनःस्थापनाका लागि मुक्तकम्लहरी परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो । बर्दियामा परिचयपत्र वितरण गर्ने निर्णय पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा मुक्तकम्लहरी समस्यामा परेका हुन् ।
मुक्तकम्लहरी विकास मञ्च बर्दियाको तथ्याङ्कानुसार बर्दिया जिल्लामा दुई हजार ४९५ मुक्तकमलहरी छन् । तीमध्ये मुक्तकम्लहरी छानबिन समितिले आठ सय जनालाई परिचयपत्र दिने निर्णय गरेको थियो । सोहीअनुसार १५८ जनाले मात्र परिचयपत्र पाउन सकेका छन् । पचियपत्र दिने निर्णय भइसकेकामध्ये ६४२ मुक्त कम्लहरीले अmझै पाउन सकेका छैनन् ।
परिचयपत्र नहुँदा उनीहरु शिक्षा लिन तथा आर्थिक सहयोग, छात्रवृत्तिलगायत सुविधा पाउन वञ्चित हुनपरेको मञ्च बर्दियाका अध्यक्ष जुगरीकुमारी थारु बताउनुहुन्छ । उहाँ अहिले स्नातक तह तेस्रो वर्ष अध्ययनरत हुनुहुन्छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण ११ वर्षका उमेरदेखि उहाँ पाँच वर्ष कमलहरी बन्नुपरेको थियो ।
जिल्ला समन्वय समितिका संयोजक शंकरबहादुर थारुको अध्यक्षतामा मुक्तकम्लहरी पुनःस्थापना समितिको बैठकले परिचयपत्र दिने निर्णय गरेको थियो । मालपोत तथा भूमिसुधार कार्यालय गुलरियाका प्रमुख भीमबहादुर खत्रीले भूमिसुधार कार्यालयमा मुक्तकमलहरी दुई हजार पाँच सय दर्ता रहेको बताउनुभयो । तीमध्ये १५८ जनाले परिचयपत्र पाइसकेको बताउँदै उहाँले बाँकी रहेकालाई निर्देशिका र कार्यविधिअनुसार गत चैत दोस्रो हप्तादेखि स्थानीय तहमार्फत वितरण गर्ने तयारी भए पनि लकडाउनका कारण स्थगन भएको प्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार वितरणका लागि सात सय परिचयपत्र छापिएर राखिएको र लकडाउन खुल्नेबित्तिकै वितरण गरिने छ ।
(((

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group