ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल


एबीसी न्यूज
१० असार २०८३, बुधबार   १ : ००   बजे

काठमाडौँ, १० असार । सरकारले मन्त्रीका लागि ५७ जना सल्लाहकार नियुक्त गर्न पाउने गरी व्यवस्था गरेपछि एमालेका महासचिव शंकर पोखरेलले बिरोध गरेका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राज्यका नियकायलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने भन्ने दल कार्यकर्ता भर्ती गर्ने व्यस्त रहेको भन्दै आलोचना गरेका हुन्। पोखरेलले ५७ जना सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्थालाई लिएर मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र खडा गर्न लागिएकोसमेत बताएका छन्।

‘राज्यकोषको दोहन रोक्ने बाचा गरेका र राज्यका निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त गर्छौँ भन्नेहरुले नै आज हरेक मन्त्रालयमा समानान्तर शक्तिकेन्द्र खडा गर्न आफ्ना कार्यकर्ताको भर्ती गर्न व्यस्त छन्’, उनले लेखेका छन्।

सल्लाहकार नियुक्तिलाई भद्दा फौजका रुपमा खडा गरिएको उनको टिप्पणी छ। ‘निर्वाचनकाबेला ‘मितव्ययिता र सुशासन’ को चर्को नारा लगाएर जनताको मत तान्न सफल भएका नयाँ भनिनेहरूले सत्तामा पुग्नेबित्तिकै सल्लाहकार र पीए ९व्यक्तिगत सहायक० हरूको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ’, पोखरेलले भनेका छन्।

चुनावका समयको आफ्ना बाचातर्फ फर्कन आग्रह गर्दै उनले परिवर्तन र सुशासनको आशामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गरेर मतदान गर्ने आम मतदाताले उनीहरुको यो व्यवहारबाट आज कस्तो महसुस गरिरहेका होलान्रु भन्दै प्रश्न गरेका छन्।

साथै सरकारको यस कार्यले आम जनताको भरोसामाथि भद्दा मजाक भएको उनको भनाइ छ।

वैशाख २ गते मन्त्रिपरिषद्‌बाट निर्णय गर्दै सरकारले १७ मन्त्रीले ५७ जनासम्म सल्लाहकार नियुक्त गर्न सक्ने निर्णय गरेको थियो। ढिला गरी उक्त निर्णय सार्वजनिक भएपछि त्यसको अहिले बिरोध भइरहेको छ।

खर्च घटाउने भन्दै मन्त्रालयसँग घटाएको सरकारले सचिवसरह सेवा सुविधा दिएर सल्लाहकार नियक्त गर्न सकिने निर्णयको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group