ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा


एबीसी न्यूज
१२ श्रावण २०८३, मंगलबार   ७ : ३२   बजे

काठमाडौं, १२ साउन । नेपाल चिकित्सक संघले आज आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधमा देशभरीका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै बन्द गर्ने घोषणा गरेको हो ।

उनीहरुले नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग गरेका छन्। कारबाहीको माग गरिरहेको अवस्थामा प्रहरी परिचालन गरि गालीगलौज गरी दुर्व्यवहार गरिएकोले चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाही गर्नुपर्ने नेपाल चिकित्सक संघको माग छ।

‘मिति २०८३ साउन ०९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्यज्यु र संघको नारायणी शाखाका अध्यक्षज्यु लगायतका चिकित्सकहरुमाथि गालीगलौज गरी दुर्व्यवहार गरिएको घटनाको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ, ‘टाउकोमा गम्भीर चोट लागि घाइते भएका चिकित्सक डा। प्रमोद राम लगायत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी ूस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन, २०६६ ९पहिलो संशोधन, २०७९०ू बमोजिम कडा कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ । साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारवाही गर्न माग गर्दछौँ ।’

उनीहरुले आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि राज्यले गरेको दमनको विरोध स्वरुप मिति २०८३(०४(१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौं । साथै आन्दोलनका थप कार्यक्रम भोलिको सर्वपक्षीय भेलापछि तय गर्नेछौं । संघको यस आन्दोलनमा साथ दिन सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार लगायात आम नागरिकलाई आग्रह गर्दछौं । साथै यस आन्दोलनबाट बिरामीहरुमा पर्न जाने असुविधाको लागि क्षमा माग्दै यसको जिम्मेवार नेपाल सरकार स्वयं रहेको व्यहोरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu