काठमाडौं, १० असार । प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर आज ९बुधबार० बिहान आफ्नो टोलीसहित काठमाडौँ फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेनको टिम भने बिहान ११ बजेतिर चितवनबाट बुद्ध एयर चढेर काठमाडौँ प्रस्थान गरेको हो।
चितवनको भरतपुरमा महाधिवेशन उद्घाटन गर्न गत आइतबार ९असार ७ गते० पत्नी र छोरीसमेत लिएर यहाँ आएका उनी मंगलबार रवि लामिछानेलाई सभापति पदमा दोहोर्याउन प्रस्तावक बसेका थिए। सभापति पदमा अरू कसैले उम्मेदवारी नदिएपछि लामिछाने मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन्।
आइतबारदेखि चितवनको लटौली सेन्चुरी रिसोर्टमा बसेका बालेनले आजै बिहान मात्र श्रीमती सविना र छोरीसहितको फोटो फेसबुकमा पोस्ट गर्दै ‘भिजिट चितवन, न्यानो ठाउँ’ लेखेका थिए।







प्रतिक्रिया दिनुहोस्