ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिराहा र सप्तरीका विद्यालयमा कम्प्युटर ल्याब बनाउन अमेरिकामा दाहालको म्याराथन


ABC NEWS
३ कार्तिक २०७७, सोमबार   ८ : ३५   बजे

कार्तिक १, २०७७ शनिबार

अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन  पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका जनता माध्यमिक सुखिपुर, जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी माध्यमिक कोइलाडी तिलाठीमा कम्प्युटर ल्याब बनाउने उद्देश्यले म्याराथन पूरा गरेका हुन् ।

बिगत पाँच वर्ष देखि हरेक वर्ष म्याराथन दौडदै आएका दाहालले हरेक वर्ष म्याराथन मार्फत संसारको विभिन्न ठाउमा बसोबास गर्ने साथीभाई, शुभ चिन्तक र सहयोगी संघ संस्थाहरुसँग सहकार्य गरि फण्ड संकलन गरेर उक्त फण्ड मार्फत नेपालमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएका छन् ।

सन् २०१६ मा इन्डिन्यापोलिस मोनुमेन्टल म्याराथनमार्फत तेह्रथुममा एम्बुलेन्स, सन् २०१७ मा शिकागो म्याराथनमार्फत नवलपरासीको यादव माध्यमिक बिद्यालय मा छात्रामैत्री शौचालय, सन् २०१८ को मरिन कप्र्स म्याराथन वार्सिटन डिसीमार्फत तेह्रथुमको शंकर र जन ज्योति माध्यमिक बिद्यालयहरूमा कम्प्युटर ल्याब , सन् २०१९ को न्युयोर्क मार्फत जाजरकोट का ४ वटा बिधालयहरू शिब शंकर, दीपेन्द्र, भगवती र श्री शंकर भवन माध्यमिक बिधालयहरूमा कम्प्युटर ल्याबको व्यवस्था गरिएको दाहालले जानकारी दिएका छन् ।

क्राउन प्वाइन्ट इन्डियानामा बिहान साढे ६ बजे सुरु भै ११ बजे सकिएको भर्चुअल म्याराथनमा उक्त स्थानमा रहने नेपाली बिक्रम श्रेष्ठले दाहालसंगै झण्डै २६ माइल साइकलमा यात्रा गरि दौडमा आइपर्न सक्ने बाधा ब्यबधानको जिम्मा लिई सहयोग गरेका थिए ।

त्यस्तै सोहन खतिवडा, गोकर्ण अर्याल, बीर काफ्ले, प्रभा अर्याल र प्रिशा अर्यालले बाटोको बीचबीचमा पानी तथा फलफुलको व्यवस्था गरेका थिए । एन्माका पूर्व उपाध्यक्ष सोहन खतिवडाले दाहाल लाइ पदक पहिराई दिएका थिए ।

२० वटा कम्प्युटर, १ प्रिन्टर, १ प्रोजेक्टर सहितका तीन वटा कम्प्युटर ल्याब निर्माण गर्ने लक्ष्य भएको यो अभियान को अनुमानित लागत नेपाली रुपया चौध लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

हालैका विधानसभा चुनावहरूमा बहुसंख्यकवादको पाटो

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

नासाको आर्टेमिस -२ मिशन सुरु : ५२ वर्षपछि चन्द्रमाको यात्रा

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

को हुन् सुमन सायमी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group