ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को हुन् सुमन सायमी ?


केके मानन्धर
३ माघ २०८२, शनिबार   ५ : २७   बजे

काठमाडौंका चर्चित राजनीतिक व्यक्तित्व सुमन सायमी को हुन् ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ। सुमन सायमीकालीमाटीका निवासी जीवन मानन्धरका जेठा छोरा हुन्। जीवन मानन्धरलाई काठमाडौंका अधिकांशले ‘जीवन दाइ’ भनेर चिन्थे। उनीको मिठाई पसल ‘स्वीट केव’ अझै पनि चर्चित छ। यो पसलमा बसेर थुप्रै राजनीतिक योजना बुनेका थिए, सामाजिक सेवाका कार्यक्रमहरू तयार भएका थिए। जीवन दाइको उदार स्वभाव, राजनीतिक नेताहरूलाई संरक्षण दिने, सहयोग गर्ने र आवश्यक परे जे पनि गर्ने बानीले सबैलाई आश्चर्यमा पार्थ्यो। धेरैले उनलाई नेताहरूका लागि यति धेरै नगर्नु भनेर सम्झाए पनि, उनी आफ्नो बाटोमा लागिरहन्थे।

२०४६ सालको आन्दोलनको समयमा पनि जीवन दाइले जोखिम मोल्दै कालीमाटीको व्यस्त बजारमा रहेको आफ्नो घरमा अहिलेका शीर्ष नेताहरूलाई आश्रय दिएका थिए। अर्धभूमिगत आन्दोलनका क्रममा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक गराउन सहयोग गरेका थिए। पार्टीका लागि उनी जे पनि गर्न तयार थिए। तर, आफ्ना लागि भने कहिल्यै केही मागेनन्। विद्युत् कर्पोरेसनमा जागिरे रहेका आफ्ना भाइले सहयोग माग्दा पनि उनले ‘आफ्नै बलबुताले गर्नुपर्छ’ भनेर अस्वीकार गरेका थिए। पार्टी फुटेको खबर सुन्दा उनी रोएका थिए, जसको संस्मरण उनका साथी जनज्योति श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

सुमन सायमी आफ्ना बुवाको पदचाप पछ्याउँदै राजनीतिमा लागेका छन्। बुवासँगै राजनीतिमा होमिएकाहरू ठूला पदमा पुगे, तर जीवन दाइ इमान, त्याग र उदारताका कारण काठमाडौंवासीको मनमा जीवित छन्। सुमनले पनि विभिन्न आन्दोलनमा भाग लिएका छन्। सन् २००१ मा बालाजु सडक विस्तारको विरोध गर्दा उनी गिरफ्तार भएका थिए। प्रहरी हिरासतमा मातृभाषा नेपालभाषा बोल्दा उनलाई अपराधी सरह व्यवहार गरिएको थियो। खोला मापदण्ड पीडित, गुठी र भूमि पीडितहरूको पक्षमा उनी सधैं आन्दोलनमा सक्रिय रहे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले नै उनलाई पटक-पटक कारागार पठाएको थियो, जुन निन्दनीय छ।

सुमन सायमीले गैरन्यायिक सडक विस्तार संघर्ष समितिका संयोजक भएर काम गरेका छन्। उनी खोला मापदण्ड, गुठी, सहकारी, लघुवित्त र भूमि पीडितहरूको पक्षमा सधैं बोलिरहेका छन्। जीवन दाइले जस्तै उनी पनि व्यक्तिगत लाभका लागि राजनीति गर्दैनन्।

पछिल्लो समयमा सुमनसायमीले राजनीतिक चुनावहरूमा भाग लिएका छन्। २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहसँग प्रतिस्पर्धा गरेका थिए। उनी स्वतन्त्र उम्मेदवारका रूपमा १३,७७० मत प्राप्त गरेका थिए। त्यसपछि २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग हारे पनि उनी ६,१७९ मत ल्याएर दोस्रो भएका थिए। एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भएका थिए।

सुमन सायमी किन राजनीतिमा आए ? सुरुमा फोहोर राजनीतिबाट टाढा बसेका उनी बुवाको राजनीतिक विरासतबाट प्रभावित भए। ‘हामीले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ?’ जस्ता प्रश्नहरूले उनलाई राजनीतिमा ताने। उनी नागरिकको आवाज बोल्ने नेतालाई सत्तामा पुर्याउन राजनीतिमा आएका हुन्। बहुल राष्ट्रियताको अस्तित्वलाई स्वीकार्य बनाउने, स्वदेशवादको विचार स्थापित गर्ने, उच्च नैतिकता र स्वभूमिको रक्षाका लागि उनी सक्रिय छन्। दमनको अन्त्य गर्दै उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि उनी प्रतिबद्ध छन्।

केवल आन्दोलनले मात्र समस्याको समाधान नहुने ठानेर उनी नीति निर्माण तहमा पुग्न राजनीतिमा लागेका हुन्। सरकारी संरचनामा पुगेर संस्कृति, सम्पदा र सभ्यताका मुद्दाहरू उठाउने उनको लक्ष्य छ। दशकभन्दा बढी समयदेखि नागरिकका पीडामा मल्हम लगाउँदै आएका सुमन मुद्दाको राजनीतिमा विश्वास गर्छन्।

(यो लेख अभियन्ताबाट राष्ट्रिय राजनीति सुरु गरेका नेपाली कम्युनिस्ट पार्टीका नेता सुमन सायमीसँगको अन्तरक्रियामा आधारित छ।)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

एआई एजेन्टको अँध्यारो पाटो: शक्ति छ, पारदर्शिता छैन

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group